इन्टलेक्च्यूअलमा लागू पदार्थ दुर्व्यसनको प्रशिक्षण

इन्टलेक्च्यूअलमा लागू पदार्थ दुर्व्यसनको प्रशिक्षण

इन्टलेक्च्यूअल एकेडेमी बुटवलमा लागु औषध दुर्व्यसनी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो । अन्तराष्ट्रिय स्कुल अवार्ड अन्तर्गत संचालीत विभिन्न आठवटा प्रोजेक्ट मध्ये ‘‘लागु पदार्थ दुव्र्यसन” सम्बन्धि प्रोजेक्टमा सामुदायीक र निजी विद्यालयका विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा पृथ्वीचन्द« अस्पताल परासीमा कार्यरत टाउको, नसा, स्नायु तथा मनोरोग विशेषज्ञ डा. सुरज तिवारीले प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा डा. तिवारीले लागु औषधको सेवनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव, बालवालिका र यौवन अवस्थाका मानिस लाई लागु पदार्थको दुव्र्यसनबाट कसरी टाढा राख्ने, लागुपदार्थ दुव्र्यसनको अवस्था लगाएतका विषयमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो ।
इन्टलेक्च्यूअल एकेडेमी र प्रगति माध्यमिक विद्यालय बुटवल ११, प्रगतिनगरका कक्षा ८ का ६० जना विद्यार्थी सहभागी कार्यक्रममा लागुपदार्थ दुव्र्यसनका असरहरुका वारेमा इन्टलेक्च्यूअल एकेडेमीका प्रबन्ध निर्देशक रामराज पोख्रेल, प्रोजेक्ट कोर्डिनेटर राजु कु“वर लगाएतले भनाई राख्नुभएको थियो ।
लागु पदार्थ दुव्र्यसनमा प्रहरीको भुमिका विषयमा वडा प्रहरी कार्यलय बुटवलका प्रहरी निरिक्षक हेम बहादुर के.सीले पनि यस अघि नै प्रशिक्षण दिइसक्नुभएको थियो । यसैगरि विद्यालयले शुरु गरेका विभिन्न प्रोजेक्ट मध्येको स्थानिय पाठ्यक्रम अन्तर्गत जीतगढी किल्ला सम्बन्धी प्रशिक्षण पनि गरिएको छ ।

Share This
  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares