गुल्मीको सदरमुकाम तम्घासमा बालबालिकालाई न्यानो टोपी वितरण गरिएको छ । चिसोको कारण बालबालिकालाई निकै नै कष्ट भएको भन्दै रेसुङ्गा नगरपालिका वडा नं. १, २ र ८ का बालबालिकालाई न्यानो टोपी वितरण गरिएको हो ।
रुडेक नेपालका कार्यक्रम व्यवस्थापक रमेश जङ्ग कुँवरको पहलमा ४० जना बालबालिकालाई फोर्टीन स्टार युवा क्लब तम्घासले एक कार्यक्रमको आयोजना गरि टोपी वितरण गरेको हो । पाँच वर्ष देखि दश वर्ष सम्मका विपन्न, गरिब र दलित परिवारका बालबालिकालाई टोपी वितरण गरिएको फोर्टीन स्टार युवा क्लबका अध्यक्ष विक्रम सिंह बुढाथोकीले जानकारी दिनुभयो ।
सनराईज चिल्ड्रेन्स एशोसिएशन इन्क अस्ट्रेलिया र रुडेक नेपालको सहयोगमा बालबालिकालाई न्यानो टोटी वितरण गरिएको फोर्टीन स्टार युवा क्लबका महासचिव नारायण आचार्यले जानकारी दिनुभयो । न्यानो टोपी वितरण कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं. ८ का अध्यक्ष भरत भलामीले क्लबले यसरी सामाजिक कार्यमा हात हाल्नु एउटा उदाहरणीय कार्य भएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि अझ बढी सामाजिक कार्यमा लाग्न आग्रह समेत गर्नुभयो ।
उहाँले आफू वडा अध्यक्ष भएर आइसकेपछि वडा भित्रका विपन्न, गरिब, दलित र एकल महिलाका बच्चालाई कक्षा १२ सम्म सामुदायिक बिद्यालयमा निशुल्क अध्ययनको व्यबस्था मिलाएको जानकारी गराउनु भयो ।