रामपुरको रामतुलसी माविको नयाँ नेतृत्व चयन

1.3K

रामपुरको रामतुलसी माविको नयाँ नेतृत्व चयन

पाल्पाको नमुना विद्यालयको रुपमा रहेको रामपुर नगरपालिका ५ स्थित रामतुलसी माविको अध्यक्षमा विष्णुप्रसाद पौडेल चयन हुनुभएको छ । निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहनुभएका पौडेललाई सर्वसहमतीबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको हो ।
नवगठित समितिको सदस्यहरुमा अशोक श्रेष्ठ, लक्ष्मण सुनाम, रमादेवी अर्याल भण्डारी, दुर्गादेवी राना, देउमायाँ राना रहनुभएको छ । वडा प्रतिनिधिको तर्फबाट रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्ल, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल रहनुभएको छ भने शिक्षक प्रतिनिधि तथा अन्य मनोनित सदस्यहरु र शिक्षक अभिभावक संघ भने चयन गर्न बाँकी रहेको विद्यालयले जनाएको छ ।
नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शैक्षिक गुणस्तर सुधार बृद्धि गर्ने कार्यमा जोड दिन आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, नेपाल कम्युनिष्ट पार्टी रामपुरका इन्चार्ज राजुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई लगायतले बोल्दै बधाई तथा शुभकामना दिनुभएको छ ।
रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा बसेको बैठकको सञ्चालन प्रधानाध्यापक बालकृष्ण लम्सालले गर्नुभएको हो ।