कावासोतीमा सेवाको स्तरउन्नती

1.3K

कावासोतीमा सेवाको स्तरउन्नती

aaबुटवल,मंसिर ।सेवा बिकास बैंकको नवलपरासीको कावासोतीमा अवस्थीत बिस्तारित कार्यालयलाई स्तरोन्नती गरी बैकको १३ औं शाखा स्थापना गरेको छ ।
रुपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको सो बैंकले कावासोती नगरपालिका १६ स्थित डण्डाबजारमा यस आगबै रहेको बिस्तारीत कार्यालयलाई शाखाको रुपमा स्थापीत गरी कारोबार सुरु गरेको हो ।
विगत ४ बर्ष देखि विस्तारीत कार्यालयको रुपमा संचालित कार्यालयलाई शाखा कार्यालयमा स्तरोन्नती गरिएको हो । आइतवार आयोजित शाखा शूभारम्भ कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष भिम प्रसाद तुलाचनले ग्राहक शिवलाल कूमाललाई ऋण रकमको चेक हस्तान्तरण गरि उद्घाटन गरेका हुन् ।
करिब ४ अर्व २५ करोड निक्षेप संकलन गरी करिब ३ अर्व ५० करोड कर्जा लगानी गरेको बैकले जनाएको छ ।उक्त कार्यक्रमका प्रमूख अतिथि नवलपरासी क्षेत्र नं. २ का सभासद जीवन श्रेष्ठले बैंकबाट लिएको ऋण रकम उचित स्थानमा लगानि गर्दै उत्पादन मूलक क्षेत्रमा लगानि गरे भुक्तानीमा समस्या नआउने बताए ।

कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव खिमलाल भुषालले गरेका थिए । उक्त कार्यक्रममा बैकका संस्थापक शेयरधनी भोजराज दाहाल, भीम बहादूर सूनार, देवी प्रसाद पोख्रेल, तिर्थराज कंडेल लगायतको उपस्थिती रहेको थियो ।