कोरोनाको प्रकोपबाट बच्नका लागि मास्कको भर नपर्न चिकित्सकहरुको सुझाव

614

कोरोनाको प्रकोपबाट बच्नका लागि मास्कको भर नपर्न चिकित्सकहरुको सुझाव

कोरोनाको प्रकोपबाट बच्नका लागि मास्कको भर नपर्न चिकित्सकहरुको सुझाव रहेको छ । कोरोना भाइरसलाई मास्कले रोक्न नसक्ने भएकाले रुघाखोकी लागेकाले मास्क प्रयोग गर्दा बढी उपयोगी हुने चिकित्सकहरुको भनाइ छ ।
शिक्षा क्षेत्रबाट कोरोना प्रकोपबारे सचेतना जगाउने उद्देश्यले अभिभावक संघ रुपन्देहीको आयोजना र अभिभावक महासंघ प्रदेश पांचको सहयोगमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा मास्कको भर नपर्न आग्रह गरेका हुन् । चिकित्सिकहरुका अनुसार मानिसमा चेतनाको कमीले बजारमा मास्कको अभाव भएको र कोरानाको प्रकोपबाट जोगिन सचेत हुनुनै उपयुक्त उपाए भएको धारणा राख्नु भएको थियोे ।
अभिभावहरुका लागि आयोजित कार्यक्रममा बोल्दै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर राजेन्द्र खनालले कोरोनाको प्रकोपबाट सबैजना जोखिममा रहेकाले सावधानी अपनाउन सुझाव दिनुभयो । कोरोना भाइरस नेपालमा छिरेको पुष्टि नभएको अवस्थामा सचेत रहनुनै बुद्विमानी हो भन्नुभयो ।
८० प्रतिशतमा जोखिम नहुने र मास्क लगाउनु भन्दा बढी भन्दा बढी हाता धोएर सफा राख्नु, भीडभाडमा नजानु बिरामहिरुसंग अलग रहनु पर्ने बताउनुभयो । डाक्टर सुर्दशन थापाले कोराना नेपालमा नदेखिएकाले आतंकति हुन नहुने र बढी सावधानी अपाउन आग्रह गर्नुभयो ।
सन् २००२ बाटै कोरोना भाइरससंग मिल्दो जुल्दो भाइरस देखिएको जानकारी गराउंदै अहिले महामारीको रुपमा फैलिएकाले सचेत रहन आग्रह गर्नुभयो ।
बालवालिकामा कोरोनाको जोखिम नहुने, ८० प्रतिशतमा जोखिम नहुने र ३ प्रतिशतमा बढी जोखिम हुने डाक्टर सुदर्शन थापाले बताउनुभयो ।
कोरोना भाइरस कुन प्राणीबाट सरेको भन्ने निश्चित नभएकाले माछामासु किन्न जांदा ज्यूंदा पशुपंक्षीसंग नजिक नहुन डाक्टर थापाले सुझाव दिनुभएको छ । चिकित्सकका अनुसार रुघाखोकी लाग्ने, सासफेर्न अफठ्यारो हुने, १ सय ४ डिग्री बढी ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने र शरिर शिथिल हुनुनै कोरोनाको लक्ष्ण हो । कार्यक्रम अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीको अध्यक्षतामा भएको थियो ।