कविता : पहिरोले पुर्यो सपना

कविता : पहिरोले पुर्यो सपना

दिनेश खड्का /

कैंयौं मरे पहिरोमा कैंयौ भाछन् वेपत्ता
म खोज्दैछु सरकारलाई भाछ यहाँ लापत्ता
पुरि लग्यो त्यो पहिरोले शरीरसँगै सपना
व्यर्थै लाग्यो होला तिनलाई भगवान जपन
घरमात्र बगाएन नि बगााई लग्यो चाहाना
उद्दार गर्ने निकाय खोज्दैछन् कि बहाना

गाउले जम्मा भएर विकासका कुरा गरेका
हर आँगनमै मोटरबाटोको रहर पूरा गरेका
साइलो दाईले फरक कुरा गर्दा बिरोधी बनेका
बाटोले कसैको क्षति पु¥याउनु हुन्न नि भनेका
हिजो जस्तो लाग्छ साइलो दाईले त्यो भनेको
आज गाउँलेहरुले उनलाई देखे शव बनेको

कत्ति धेरै छटपटाए होलाल पहिलोले पुरिदा
हिजो उनको केही लागेन गाउले सबै धुरिदा
गाँउ निकाल्ने कुरा गरे विकास विरोधी भनेर
मृत्युलाई निम्ता दिए आँगनछेउ सडक खनेर
कठै मात्र भन्छन् आज छरछिमेकी साथीले
मुखले जप्छन् रामराम यहाँ विस्वासघातीले

दुई वर्षको छोरी अनि सात वर्षको छोरा नि
घर गोठ केही राखेन है बगायो बोरा नि
आमा पनि भन्न पाईनन् सानी ति नानीले
मर्दा पानी खान दिएन यो पापी पानीले
हरेक वर्ष यसैगरी निर्दोषको ज्यान गैराछ
नेता भन्छन् गाँउगाँउमा विकास भैराछ

विकास भन्दै विनास गर्न डोजर चलायौ
माटो रोक्ने रुखलाई नि एक–एक ढलायौ
आँखा अगाडी विकास आयो विपत्ती बोकेर
पहिरो गयो बाढी आयो रोकिएन नि रोकेर
आजको गल्ती होइन हिजोको पो थियो कि ?
विकासले समृद्धि होईन पीडा पो दियो कि?

ज्यान गुमाउने गैहाले बाँच्ने छन् दुःखमा
धेरै दिन भो केही पनि प¥याछैन मुखमा
एनजियो आइएनजिओ कहाँ छन् थाहा छैन
पीडित सामू अहिले सम्म नि राहत गाछैन्
सरकार सुस्त भाहोकि बयलगाढा चढ्नाले
चामल किन्न छैन रकम महंगी बढ्नाले

नेता आफै ईन्जिनियर अनि बन्छन् ठेकेदार
हरेक वर्ष जनतालाई पार्छन् बरै बेघरबार
असार लाग्दा सुरु हुन्छ विकासको लहर
बग्छन् गाँउठाँउ,मर्छन् मान्छे, डुब्छन् शहर
दूरदर्शी नेता खोज्या यो देशले धेरै भो
कहिलेसम्म भनिरहने हामी-उ त मेरै हो

बाँच्ने कुरा भैराछ त विश्वभर एकैसाथ
चाहिने कुरा गर्नुस्, नगर्नुस् न झुटो बात
बाढी, पहिरो, कोरोना काल बनी आईरहदा
अझै कत्ति सुत्ने सरकार सलह नि छाइरहदा ?
नसुत न उठ सरकार यो जाग्ने बेलामा ।
नत्र जनता लखेट्छन् मत माग्ने बेलामा ।।

बुटवल

Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares