लुकाइराखेको ५ ट्रक खाने तेल धारा बरामद

1.3K

लुकाइराखेको ५ ट्रक  खाने तेल धारा बरामद

 

काठमाडौं, मंसिरकाठमाडौं प्रहरी परिसरले केएल दुगडको जडीबुटीमा रहेको गोदाममा साँझ छापा मारेको छ । प्रहरीले लुकाइराखेको ५ ट्रक भन्दा बढी खाने तेल धारा नियन्त्रणमा लिएको छ । प्रहरीले म्यानेजर अमन जैनलाई पक्राउ अनुसन्धान सुरु गरेको छ।स्वष्तिक आयल इन्डट्रिजबाट उत्पादित र अन्य खाने तेलको मूल्य बढाइ विक्री गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए। नाकाबन्दीअघि एक लिटर तेल १ सय ५० बेच्ने गरेको दुगड ग्रुपले अहिले लिटरको ३ सय २० रुपैयाँ लिदै आएको थियो।साथै बढी मूल्यको स्टीकर टाँसेर ठिक्क पारेर राखेको अवस्था प्रहरीले बरामद गरेको छ। छापामा अहिले सिल गरिएको एसपी विश्वराज पोखरेलले जानकारी दिए। मौकामा फाइदा उठाउँदै चर्को रकम लिएर बेच्ने गरेको र सोही अनुसार ठूलै गोदाममा छापा मारिएको एसएसपी थापाले बताए। अन्य गोदाममा पनि कडा निगरानी बढाइएको उनले बताए। पछिल्लो समय काठमाडौं प्रहरीले कालोबजारी गर्ने ठूलो गोदामको खोजी गरिरहेको छ । एसएसपी थापाले साना कालाबजारी भन्दा पनि ठूलालाई मात्र समात्न मातहतका निकायलाई निर्दैशन दिएका छन्।एसएसपी थापाले कालोबजारी गर्दै रातारात करोडपति बन्ने सपना देख्नेहरुलाई कानुनी दायरामा ल्याउने बताए । कालोबजारी नियन्त्रण गर्ने अन्य निकायहरु निष्क्रिय भएका बेला काठमाडौं प्रहरीले तदारुकता देखाएको हो ।प्रहरी स्रोतका अनुसार केएल दुगडले नाकाबन्दीको बेलादेखि अहिलेसम्म कालोबजारी गरेर ५० करोडभन्दा बढी कमाइसकेको छ ।