पहिलोपटक निजी कम्पनीले इन्धन ल्यायो

545

पहिलोपटक निजी कम्पनीले  इन्धन ल्यायो

काठमाडौं । नेपालमा पहिलोपटक निजी कम्पनीले ल्याएको पेट्रोलियम पदार्थ भित्रिएको छ । नेपाल आयल निगमसँग हवाइ इन्धन आपूर्तिको ठेक्का लिएको पेट्रोलिमेक्सले पहिलोपटक ब्यापारिक रुपमा हवाइ इन्धन नेपाल ल्याएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।पहिलो पटक ४२ हजार लिटर इन्धन आएको पेट्रोलिमेक्सले जनाएको छ । तर, आयल निगमले भने इन्धनको परिमाण एकीन नभएको बताएको छ ।विमानस्थल स्रोतका अनुसार बोइङले ३१ हजार लिटर हवाइ इन्धन ल्याएको छ ।कम्पनीले भारतबाट जोडर्न एयरलाइन्सको बोइङ ७६७ वाइडबडी बिमानमा एयरलिफ्ट गरेर इन्धन ल्याएको हो । तेल बोकेको विमान दिउँसो ४ बजेर ३ मिनेट जाँदा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । आयल निगमले पेट्रोलिमेक्सलाई हवाइ इन्धन आपूर्ति गर्ने ठेक्का दशैंअघि नै दिएको थियो ।ठेक्का पाएको लामो समय भइसक्दा पनि कम्पनीले तेल नल्याएको भन्दै आलोचना समेत भएको थियो । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालेले प्रक्रिया मिचेर कार्यसम्पादन धरौटी समेत नराखी पेट्रोलिमेक्सलाई हवाइ इन्धनको ठेक्का दिएका थिए ।पेट्रोलिमेक्सले अब दैनिक ३ वटा बिमानमार्फत ४ लाख लिटर इन्धन ल्याउन लागेको कम्पनीका कानुनी सल्लाहकार सुर्य बिमलीले बताए । अब पेट्रोलिमेक्सले नियमित रुपमा हवाइ इन्धन ल्याउनेछ ।इथेयोपियन एयरलाइन्सको बिमानबाट उसले एक खेपमा १ लाख ३० हजार लिटर लिटर इन्धन ल्याउने बिमलीले बताए । पहिलो चरणमा पेट्रोलिमेक्सले ३ हजार किलोलिटर हवाइ इन्धन ल्याउनेछ ।