यू-१९ विश्वकप क्रिकेटका लागि प्रारम्भीक टोलीको घोषणा

यू-१९ विश्वकप क्रिकेटका लागि प्रारम्भीक टोलीको घोषणा

U-19-world-cup

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि २२ सदस्यीय प्रारम्भीक टोलीको घोषणा भएको छ । सुपर लिगमा गरेको प्रदर्शनका आधारमा प्रारम्भीक टीम बनाइएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

टीममा राजु रिजाल, आरिफ शेख, राजवीर सिंह, दिपेन्द्र ऐरी, सौरभ खनाल, सुशील कँडेल, प्रेम तामाङ, सुनिल धमला, सन्दिप कुँवर, दिपेश श्रेष्ठ, ललितनारायण राजवंशी र शंकर राना छन् ।

यस्तै कुसल भुर्तेल, हिमान्सु दत्त, योगेन्द्र कार्की, सन्दिप लामिछाने, इर्शाद अहमद, नन्दन यादव, इशान्त पाण्डे, अभिनाश बोहोरा, सागर भण्डारी र अभिनाष कर्ण पनि प्रारम्भीक टीममा परेका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •