शिखर इन्स्योरेन्सद्वारा बीमा दावी भुत्तानी

शिखर इन्स्योरेन्सद्वारा बीमा दावी भुत्तानी

शिखर इन्स्योरेन्स कम्पनीले बर्दघाटमा रहेको पाठक खाद्य मसला उद्योग सप्लायर्सको बिमा दावी भुक्तानी गरेको छ । उक्त कम्पनीमा बिमा गरेको पाठक खाद्यमा आगलागी भएको र सोही अनुसारको दावी भुक्तानी माग भएको थियो ।
कम्पनीले मंगलबार एक कार्यक्रमका बिच उद्योग बाणिज्य संघको रोहवरमा बिमा अनुसार क्षती वापत ७ लाख १ हजार २५५ रुपैंया दावी भुक्तानी गरेको छ । कम्पनीले बर्दघाट उद्योग बाणिज्य संघको उपस्थितीमा एक कार्यक्रमका बीच बीमा दावी बापतको रकम हस्तान्तरण गरेको हो ।
शिखर इन्स्योरेन्स कम्पनीको तर्फबाट बुटवल शाखा प्रमुख किरण काफ्लले पाठक खाद्य उद्योग संचालकलाई चेक हस्तान्तरण गर्नु भएको हो । त्यस अवसरमा बोल्दै उहाँले जोखिम हस्तान्तरण नै बिमाको सिद्धात भएकाले बिमा गरेर जोखिमको दायित्व हस्तान्तरण गरि सुरक्षित रहन आग्रह गर्नुभयो ।
त्यस अवसरमा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, सचिव दिनेश न्यौपानेले कोरोना महामारीको समयमा पनि छिटो छरितो दावी भुक्तानी गरेकोमा कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Share This
  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares