बुटवलको बेलवासमा बिहानी ब्याडमिन्टन प्रिमियर लिग सुरु

बुटवलको बेलवासमा बिहानी ब्याडमिन्टन प्रिमियर लिग सुरु

बुटवलको बेलवासमा बिहानी ब्याडमिन्टन प्रिमियर लिगको सुरु भएको छ । आईतबार देखि सुरु भएको उक्त लिगमा ६ टिमको सहभागिता रहेको छ । लिगको उद्घाटन खेलमा क्लवका अध्यक्ष शोभाखर पोखरेलले खेलाडीलाई कक हस्तान्तरण गर्नुभएको थियो ।
पहिलो खेलमा मालारानी टाईगर्स (नवराज सुवेदी र अरुण खनाल) ६ पोईन्ट सहित तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै बेलवास किङ् (लक्ष्मण मरासिनी र छबिन्द्र भट्टराई), खनाल ब्रदर्श (सन्तोष खनाल र ऋषि खनाल), वी एन किङ् (अर्जुन तिमिल्सेना र प्रेम गौतम) दुई पोईन्ट सहित तालिकाको दोस्रो, तेस्रो र चौंथो स्थानमा छन् ।
खेल तालिकाको पहिलो स्थानमा पुगेको मालारानी टाईगर्सले तीन खेल जितेको थियो भने बाँकी सबैले एक एक खेल जितेका थिए ।
त्यस्तै रोयल बेलवास (भेषराज भुसाल र अर्जुन गौतम) तथा बुटवल टाईगर्स (जीवन गौतम र शोभाखर पोखरेल) ले जित निकाल्न नसकेपछि लिगको पाँचौं र छैठौं स्थानमा रहेको खेलका संयोजक छबिन्द्र भट्टराईले जानकारी दिनुभयो । उक्त लिग तीन दिनसम्म लगातार चल्नेछ ।

Share This
  • 185
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    185
    Shares