बिहानी व्याडमिन्टन प्रिमियम लिगको उपाधी मालारानी टाईगर्सलाई

1.3K

बिहानी व्याडमिन्टन प्रिमियम लिगको उपाधी मालारानी टाईगर्सलाई

बुटवल उपमहानगरपालिका वडा नं. १३ मा रहेको बिहानी व्याडमिन्टन क्लवले आयोजना गरेको बिहानी व्याडमिन्टन प्रिमियर लिगको उपाधी मालारानी टाईगर्स (नमराज सुवेदी र अरुण खनाल)ले हात पारेको छ । तिन दिनसम्म सञ्चालन गरिएको खेलमा मालारानी टाईगर्स अपराजित रहि प्रथम भएको हो ।
राउण्ड रोबिनको आधारमा भएको खेलमा बेलवास किङ (लक्ष्मण मरासिनी र छबिन्द्र भट्टराई) द्वितीय तथा बुटवल टाईगर्स (जीवन गौतम र शोभाखर पोखरेल) तृतीय भएका छन् । खेलमा ६ टिम सहभागि थिए ।
बुधबार भएको प्रतियोगिताको समापनमा क्लवका अध्यक्ष समेत रहेका शोभाखर पोखरेलले खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । खेलमा राईजिङ् प्लेयर अफ द सिरिजबाट अरुण खनाल र म्यान अफ द सिरिजबाट नमराज सुवेदीलाई सम्मान गरिएको छ ।
क्लवका सचिव अर्जुन गौत्मको सञ्चालनमा भएको कार्यक्रममा सहभागि खेलाडी, अफिसियल तथा सुभेच्छुकहरुलाई खेल संयोजक छबिन्द्र भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।