‘म हुँ औषधि’

1K

‘म हुँ औषधि’

विष्णु खनाल /

म औषधि हुँ सबैलाइ थाहा नै छ । मलाइ कसैले दबाइ कसैले मेडिसिन त कसैले ड्रग भनेर चिन्नुहुन्छ । तर मलाई राम्रोसंग चिकित्सकहरुले मात्र चिन्नुहुन्छ । कहि कतै जानी नजानी चिकित्सक र तपाइँहरुले चिन्दा चिन्दै मेरो गलत तरिकाबाट प्रयोग गर्नुहुन्छ । त्यसकारण आज मलाई बोल्न मन लाग्यो । मलाई चिन्नु नै हुन्छ होला म हु औषधि !
मेरो बारेमा भन्नुपर्दा म एक्लै छैन मेरो शाखा सन्तान भाइ बहिनी नातेदारहरु धेरै हुनुहुन्छ र सबैको आ–आफ्नो विशेषता अनि आ–आफ्नै काम छ । म हजुरहरुको जिवनलाई बचाउन हरबखत लागिरहेको हुन्छु । तर कहिलेकाही मेरो कारण हजुरहरुको मृत्यु वा स्वास्थ्यमा असर परेको कुरा सुन्दा मलाई धेरै नै दुःख लाग्ने गर्छ । मैले त हजुरहरुलाई असर होस भन्ने चाहेको हुँदै होईन, केवल बचाउन चाहन्छु ।
म त्यस्तो चिज हो, मलाइ चिन्न सक्नु भयो भने म अमृत हो । चिन्न सक्नु भएन भने बिषको अर्को रुप हो म । हजुरहरुले मेरो कार्यलाई प्रयोग गर्नुस, नकि साइड इफेक्टलाई मेरो कार्यको रुपमा । किनकी तपाइले मलाइ जति सरल र सहज रुपमा लिनुभएको छ म त्यति सजिलो पनि छैन यदि सजिलोको रुपमा लिनुभयो भने त्यो तपाइँको भुल हुनेछ । म धेरै तरिकाबाट कार्य गर्दछु र विभिन्न रुपमा रहेको हुन्छु ।
आजको बिसौ शताब्दीमा प्रतिस्पर्धा बढ्दै गईरहेको छ । मेरा पुस्ताहरु पनि विकसित हुँदै गईरहेका छन् । कति कार्यबिहिन भएर मेटिने अबस्थामा छन भने कति साइड इफेक्टको चपेटामा परिरखेका छ्न । मेरा सन्ततिमा यस्तो उथलपुथल भईराखेको समयमा मलाई प्रयोग गर्दा हजुरहरुले कोसगँ सल्लाह लिनुहुन्छ त्यो तपाईले जान्ने कुरा हो । मैले भनिसके र तपाईलाई थाहा छदैछ मलाई राम्रोसगँ चिकित्सकहरुले चिन्नुहुन्छ भने मलाई राख्न पाउने अधिकार फार्मेसीका साथिहरुलाई मात्रै छ जो कोहिले राख्न पाउनुहुन्न किनकी मलाइ राम्रोसँग फार्मेसीका साथीहरूले चिन्नु भएको छ ।
एसीयाको एउता सानो देश नेपालमा मलाई नचिनेर भन्दापनि प्रयोग गर्न नजानेर धेरै तपाईहरुले आफ्नो स्वास्थ्य बिगारीरहनु भएको छ । हजुरहरुले मलाई र मेरो आफन्तलाई राम्रोसँग चिन्न सक्नुभयो भने धेरै प्रयोग पनि गर्नुपर्दैन ।
मलाई त यो समाजको युवाहरुले आफ्नो मनोरन्जनको रुपमा पनि प्रयोग गर्न थाल्नुभएको छ । तर मनोरन्जन दिने कुनै बस्तु होइन म । मेरो कार्य त केबल हजुरको शरीरलाई स्वस्थ र निरोगी बनाउने हो । जसरी हजुरहरुले मलाइ मनोरञ्जनको रुपमा प्रयोग गर्नुहुन्छ तथा जति धेरै प्रयोग गर्नुहुन्छ, त्यति नै हजुरको शरीरलाई मैले घात गरिराखेको हुन्छु र हजुरको आयुपनि घटाइदिएको हुन्छु । त्यसैले म हजुरहरुसगँ बिन्ती गर्दछु कि मलाई मनोरञ्जनको रुपमा प्रयोग नगर्नुस किनकी त्यो मनोरञ्जन दिने कार्य मेरो होइन । मेरो कार्य त हजुरको स्वास्थ्यको असरलाई निराकरण गरि जिवन रक्षा गर्नु हो । किनकी म हु औषधि !!!

(लेखक डिप्लोमा ईन फार्मेसी हुनुहुन्छ ।)