व्यवसायिक खेलाडी उत्पादनको लागि बुटवलमा ‘खस्यौली स्नुकर क्लव’

व्यवसायिक खेलाडी उत्पादनको लागि बुटवलमा ‘खस्यौली स्नुकर क्लव’

व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लव संचालनमा ल्याईएकोे छ । यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएको क्लवको सोमवार एक समारोहका बीच स्नोकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र हिमालय रोडिज ३ का विजेता सुजन सुवेदीले सम्युक्त रुपमा क्लवको शुभारम्भ गर्नु भएको हो ।
युवा युवतीलाई कुलतवाट जोगाउन र व्यवसायीक स्नोकर खेलाडी उत्पादन गर्ने सोचका साथ क्लव संचालनमा ल्याएको अध्यक्ष सुजन पुनले बताउनु भयो । क्लवमा विद्यालय तथा कलेजको ड्रेसमा आउने विद्याथीलाई र लागूऔषध प्रयोग कर्तालाई प्रवेशमा रोक लगाउन जिल्ला स्नोकर संघका उपाध्यक्ष बविन थापाले आग्रह गर्नु भयो । त्यस्तै स्नोकर खेललाई व्यवसायिक बनाउन र यस खेलवाट नेपालको नाम परिचित गराउनका लागि प्रहरी प्रशासनले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन जरुरी रहेको पनि सो अवसरमा वोल्नेहरुले औल्याउनु भएको थियो ।
पुन सहित, गणेश घिमिरे, रमेश न्यौपाने, प्रदिप बिक, सुनिल क्षेत्री र ईसारअहमद खाँनको कुल १ करोडको लागतमा बुटवलको सिंह कम्पेलसको चौथो तलामा संचालनमा ल्याईएको क्लवले यस क्षेत्रमै पहिलो र नमूना कोर्ट बनाएको कार्यक्रममा वोल्नेहरुले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष महेशमान सिंह, कोषाध्यक्ष विमलराज भट्रराई, स्नोकर संघ नेपालका केन्द्रिय सदस्य हरि क्षेत्री, टेवलटेनिस संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष जयप्रकाश भट्रराई, विद्यार्थी नेता तथा सामाजिक अभियान्ता मुक्तिराज पौडेल लगायतले वोल्दै टिन र खरको छानावाट शुरु भएको स्नोकर खेल अहिले वातानुकुलित रुपमा सुविधासम्पन्न भवनमा संचालन हुनुले यस खेलमा थप आकर्षण बढेको पुष्टि भएको धारणा राख्नु भएको थियो । ६ वटा कोर्ट सहित संचालनमा आएको खस्यौली स्नोकर क्लव यस क्षेत्रको २९ औ स्नोकर क्लवका रुपमा संचालनमा आएको हो ।

Share This
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares