डा.भगवान कोइरालालाई ज्ञानविज्ञान राष्ट्रिय पुरस्कार

डा.भगवान कोइरालालाई ज्ञानविज्ञान राष्ट्रिय पुरस्कार

dr bha

काठमाडौं,/यस वर्षको  डा. बलराम जोशी ज्ञान—विज्ञान राष्ट्रिय पुरस्कार चिकित्सक भगवान कोइरालालाई प्रदान गरिएको छ। डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले शुक्रबार काठमाडौमा एक समारोह गरी चिकित्सक कोइरालालाई पुरस्कार प्रदान गरेको हो। प्रतिष्ठानकी अध्यक्ष अंगुरबाबा जोशीले पुरस्कार प्रदान गरिन्।पुरस्कारको राशी ५० हजार १ सय १ रुपैयाँ रहेको छ । प्रतिष्ठानले २५ हजार १ सय १ रुपैयाँ राशीको डा. बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार प्राध्यापक सरस्वती प्रसाद  रिमाल र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्त पुरस्कार वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरेको छ।यस्तै, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका निर्देशक डा. विवेक बाँस्कोटालाई चन्द्रकुमारी हिमालयराज जोशी स्वास्थ्य सेवा सम्मान तथा नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष कैलाशचन्द्र गोयललाई दीपकुमारी पिताम्बर प्रसाद पन्त समाज सेवा सम्मान प्रदान गरिएको छ।सम्मानवापत डा. बाँस्कोटा र गोयललाई  सम्मानपत्र र जनही २५ हजार १ सय १ रुपैयाँ प्रदान गरिएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •