राममणि क्याम्पसमा विद्यार्थीलाई विदाई

राममणि क्याम्पसमा विद्यार्थीलाई विदाई

12019845_455066491347118_3141406848687817997_nमणिग्राम, मंसिर । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई विदाई तथा कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच विभिन्न परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत समेत गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
कक्षा १२ को आयोजनामा सोही कक्षाका विद्यार्थी सिन्धु भुसालको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीलाई सम्मान तथा पुरस्कार दिँदै क्याम्पस प्रमुख मोहनराज शर्माले गुणस्तरीय र सामुदायिक क्याम्पसका विद्यार्थीलाई धेरै अवसरहरू प्राप्त हुने जानकारी दिनुभयो ।
कक्षा ११ अध्ययनरत विद्यार्थीलाई मायाको चिनोसहित स्वागत गरिएको थियो भने कक्षा १२ परीक्षा दिएका विद्यार्थीलाई पनि मायाको चिनोसहित विदाई गरिएको थियो । कार्यक्रममा कक्षा ११ तथा १२ कक्षाका आन्तरिक परीक्षामा उत्कृष्ट विद्यार्थीलाई क्याम्पसका तर्फबाट पुरस्कृत समेत गरिएको थियो ।
कक्षा १२ का विद्यार्थी गणेश भुसालको स्वागतमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, कार्यक्रम संयोजक जितबहादुर रास्कोटी, कक्षा ११ का विद्यार्थी विक्रम रजाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । योगेश पराजुली र सङ्गीता गुरूङ्को सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले कविता, गजल, गीत, हास्यव्यङ्ग्य तथा नृत्य प्रस्तृत गरेका थिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •