भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

670

भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

भारत्तलोनका विश्व च्याम्पियन रुप कार्कीको शुक्रबार बिहान निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार एक्कासी हृदयघात भएपछि कार्कीलाई उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमै (मुग्लिन) निधन भएको हो । सन् २०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जित्नु भएको थियो । त्यस्तै सन् २०१९ को जुलाईमा ५०–५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा छनौट हुनु भएको थियो ।
भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको थियो । नेपालमा भारत्तोलनको तालिम सचालन गरेर आगामी पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पु¥याउने उद्देश्यले नेपाल फर्किनु भएका कार्कीको निधनले खेलजगत स्तब्ध भएको छ ।