बच्चामा हुने क्यान्सर बिरुद्धको अभियानमा लायन्स क्लव अफ बुटवल

556

बच्चामा हुने क्यान्सर बिरुद्धको अभियानमा लायन्स क्लव अफ बुटवल

लायन्स क्लव अफ बुटवलले ‘चाईल्डहुड क्यान्सर अवारनेश’ कार्यक्रम गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर लायन्स क्लव अफ बुटवल, लायनेश क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलले संयुक्त रुपमा ‘चाईल्डहुड क्यान्सर अवारनेश’ कार्यक्रम गरेका हुन् । उक्त क्लवले प्रत्येक वर्ष विश्व क्यान्सर दिवसको अवसरमा बच्चामा हुने क्यान्सर र त्यसबाट बच्नको लागि अपनाउनु पर्ने कुराहरुलाई समेटेर प्रचारात्मक कार्यक्रम गर्दै आएको छ ।
प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाईन्छ । दिवसको सन्दर्भ पारेर उक्त क्लवले शनिबार बुटवलमा रहेका सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) र लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका बिरामी (बच्चाको आमा)लाई सचेतना गराईएको क्लवका अध्यक्ष संजय जयसवालले जानकारी गराउनु भयो । त्यस अवसरमा बच्चामा हुने क्यान्सर, त्यसलाई रोक्न सकिने उपायहरु सहितको लिफ्टलेड (पर्चा) वितरण गरिएको थियो । त्यसै अवसरमा सिद्धार्थ बाल तथा महिला अस्पतालका ५५ जना बिरामीलाई कम्वल समेत प्रदान गरिएको उहाँले बताउनु भयो ।
त्यस अवसरमा क्वलका अध्यक्ष जयसवाल, अस्पतालका प्रवन्ध निर्देशक राजेन्द्र बस्याल, अस्पतालका प्रशासकीय प्रमुख ध्रुव श्रेष्ठ, लायनेश क्लव अफ बुटवलकी अध्यक्ष मीश्रा श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।