रुपन्देहीमा थप ७८२ जनामा संक्रमण पुष्टि : मृत्यु हुनेको संख्या २४३ पुग्यो

1.3K

रुपन्देहीमा थप ७८२ जनामा संक्रमण पुष्टि : मृत्यु हुनेको संख्या २४३ पुग्यो

रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये यो सबैभन्दा बढी हो । अंघिल्लो दिन बिहिबार रुपन्देही जिल्लामा १ हजार बढी थपिएका थिए ।
पछिल्लो २४ घण्टामा १ हजार २२१ जनाको पीसीआर परीक्षण गर्दा ७८२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टाको अवधिमा रुपन्देहीमा ११ जनाले ज्यान गुमाएका छन् । कोरोना भाईरस संक्रमणबाट हालसम्म रुपन्देहीमा ज्यान गुमाउनेको संख्या २४३ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।