मोतिपुर स्वास्थ्य चौकीमा ताल्चा, बिरामी मर्कामा

515

मोतिपुर स्वास्थ्य चौकीमा ताल्चा, बिरामी मर्कामा

images

तिलोत्तमा , मङ्सिर २२ गते। रुपन्देहीको मोतिपुर स्वास्थ्य चौकीमा कार्यरत एक अनमिलाई सरुवा गरिएको विषयमा विवाद भई लगाइएको ताला नखुल्दा बिरामीहरु मर्कामा परेका छन् ।

चौकीमा कार्यरत अनमि गीता थापा क्षेत्रीको सरुवालाई बदर गर्न माग गर्दै पाँच दल र केही स्थानीयवासीले गत मङ्गलबारदेखि तालबान्दी गरेर स्वास्थ्यचौकीको सेवा रोकिएका हुन् ।

चौकी प्रमुख विश्वबन्धु विनयले स्थानीयवासीले तालाबन्दी गरिदिँदा बिरामीको सेवा रोकिएको बताउनुभयोे । तालाबन्दीका कारण उक्त क्षेत्रका बिरामीहरु बुटवल तथा भैरहवा जान बाध्य भइरहेका छन् । तालाबन्दी भएको एक हप्ता हुँदासमेत सम्बन्धित निकायाबाट खुलाउने प्रयास नभएपछि बिरामीहरुको आक्रोश पोखेका छन् ।
जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख ऋषिराज लामिछानेले स्वास्थ्य विभागले अनमि गीतालाई मोतिपुर स्वास्थ्य चौकीबाट गजेडी स्वास्थ्य चौकीमा सरुवा गरेको र त्यसको विरोधमा आफूकहाँ ज्ञापनपत्र आएको बताउनुभयो । उहाँका अनुसार ज्ञापनपत्र र तालाबन्दीबारे विभागलाई जानकारी गराएपनि अहिलेसम्म निर्देशन आएको छैन ।

स्वास्थ्य चौकी स्थापना सँगै निरन्तर रुपमा स्थानीयवासीलाई सेवा प्रदान गर्दै आउनुभएका अनमिको सरुवा बदर गर्नुपर्ने तालाबन्दीको अगुवाइ गर्नेमध्येका एक केशव पाण्डेले बताउनुभयो । रासस