युवा नेता पौडेलको सक्रियतामा कोरोना अस्पताल सञ्चालन

1.3K

युवा नेता पौडेलको सक्रियतामा कोरोना अस्पताल सञ्चालन

नेपाली काँग्रेसका युवा नेता केन्द्रीय सदस्य प्रदिप पौडेलको सक्रियतामा काठमाण्डौको नागार्जुनमा तीन सय शैयाको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।
कोरोनाको संक्रमण तिब्र रुपमा फैलिँदै गएपछि संक्रमित बिरामीको उपचारलाई सहज बनाउन नेता पौडेलले अस्पताल सञ्चालन गर्ने अभियान सहित अपिल गर्नुभएको थियो । नेता पौडेलको अपिलमा सबैको साथ र सहयोगका कारण काठमाण्डौको नागार्जुनमा बिहिबारदेखि स्पताल सञ्चालनमा आएको हो ।
तीन सय बेडको उक्त अस्थायी अस्पतालमा सर्वाङ्ग अस्पतालको प्राविधिक तथा नेपाल चार्टड एकाउन्ट एशोसियसनको आर्थिक सहयोग रहेको बताईएको छ । उक्त अस्थायी अस्पतालमा ४० वटा आईसीयु वेड छन् । तत्काल अक्सिजनको सपोर्टमा उपचार गर्नुपर्ने बिरामीलाई अस्पतालले सेवा दिनेछ ।
कोरोना संक्रमणका बिरामी बढ्दैगएपछि अस्पतालमा चाप भएको र बिरामीले उपचार अभावमा ज्यान गुमाउनु पर्ने परिस्थिती देखिएपछि अभियानको सुरु गरेको नेता पौडेलले बताउनु भयो ।