गणतन्त्र दिवसमा नियमित रक्तदाता संघद्धारा रक्तदान

1.3K

गणतन्त्र दिवसमा नियमित रक्तदाता संघद्धारा रक्तदान

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले गणतन्त्र दिवसको अवसरमा १०७ प्वाईन्ट रगत संकलन गरेको जनाएको छ । कोभिड महामारीका वाबजुद पति कार्यक्रम आयोजना गरिएको र रक्तदाताको उत्साहजनक सहभागिता रहेको संघले जनाएको हो ।
रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर नियमित तथा आकस्मिक रक्तदान गर्दै आएको संघले रगतको अभाव हुन नदिन जुनसुकै समयमा पनि रक्तदान गर्न सक्ने गरि व्यवस्थापन गरिएको समेत संघले जनाएको छ ।
नेपाल नियमित रक्तदाता संघ रगत व्यवस्थापन र उप्रेणा गर्दै वि स २०६१ सालमा स्थापन गरिएको संस्था हो । स्वर्गीय सरोज सिलवाल बन्दीको अध्यक्षतामा स्थापना भएको सस्थाले अहिलेसम्म आइपुग्दा रगतको व्यवस्थापनवाट हजारौकोे ज्यान वचाएको जनाएको छ ।
नेपाल नियमित रक्तदाता संघ केन्द्रिय कमिटीका अध्यक्ष दयाबहादुर सिलवालको अध्यक्षता, नेपाल औषधि व्यवसाय संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीको आतिथ्यतामा, कानुन विज्ञ तथा नेपाल नियमित रक्तदाता संघका कानुनी सल्लाहकार दामोदर घिमिरे, सुरेन्द्रकुमार शाक्य, लाइम ७ लेमोनका प्रोप्राइटर सागर पौडेल, कोषाध्यक्ष दिपक अधिकारी, राजेश गैरे लागाएतले संघको अभियानमा सवैले सहयोग गर्न आह्वान गर्नु भएको थियो ।
कार्यक्रममा सस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत, सदस्य असेस सिलवालको संयोजकत्वमा र सस्थाका सचीव महेश खनाललकोे संचालनमा कार्यक्रम भएको हो ।