गुल्मीको जनस्वास्थ्य प्रमुखको कार्यकक्षमा तालाबन्दी

1.3K

गुल्मीको जनस्वास्थ्य प्रमुखको कार्यकक्षमा तालाबन्दी

imagesतम्घास (गुल्मी), २४ मङ्सिर । गुल्मीको जनस्वास्थ्य प्रमुखको कार्यकक्षमा स्वास्थ्यकर्मीले बिहीबार तालाबन्दी गरिदिएका छन् । जिल्लामा क्रियाशील स्वास्थ्य क्षेत्रका टे«ड युनियनहरुको संयुक्त संयन्त्रसँग एक महिनाअघि कार्यालयले गरेको १२ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । युक्त संयन्त्रका संयोजक नारायणप्रसाद अर्यालले जिल्ला जनस्वास्थ्य कार्यालयबाट जिल्लामा सञ्चालन हुने कार्यक्रमहरुलाई गुणस्तरीय, पारदर्शी र जनउत्तरदायी बनाउन आफूहरुले एक महिनाअघि कार्यालयसँग गरेको १२ बुँदे सहमति कार्यान्वयन गर्न कार्यालयबाट अहिलेसम्म कुनै पहलकदमी नभएकाले आफूहरुले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउनुभएको छ ।
संयुक्त संयन्त्रले बिहीबार निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीलाई समेत सहमति कार्यान्वयनका लागि पहल गर्न आग्रह गर्दै जिल्ला प्रशासनमा एक ज्ञापनपत्र बुझाएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठकले भने कार्यालयले स्वास्थ्यकर्मीहरुसँग गरेका १२ बुँदे सहमति सम्बोधनको चरणमा रहेको बताउनुभयो । रासस