ब्याडमिन्टन प्रतियोगिता सुरु

1.3K

ब्याडमिन्टन प्रतियोगिता सुरु

bad
भैरहवा, मंसिर । रुपन्देही जिल्ला स्तरीय ‘मकन सुक गुरुङ्ग आउटडोर ब्याडमिन्टन प्रतियोगिता’ रुपन्देहीको तिलोत्तमा नगर पालिका वडा नम्बर २१ मधवलियामा शनिबारदेखि सुरु भएको छ ।
मधवलीया ब्याडमिन्टन क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा जगन भुषाल र होम गुरुङ्ग, केशर पोखरेल र प्रकाश थापा, पुरन थापा र रेशम थापा तथा चिरञ्जिबी पाण्डे र नन्दु थापा क्षेत्रीको जोडी सेमि फाईनलमा प्रबेश गरेका छन् ।
मधवलिया ब्याडमिन्टन क्लबको निर्माणाधिन कोर्टमा भएको खेलमा आयोजक क्लबका भुषाल र गुरुङ्गको जोडीले आयोजक क्लबकै मनोज भण्डारी र लेक बहादुर गुरुङ्गको जोडीलाई २–१ सेटमा १७–२१, २१–१४ र २१–१४ अंकले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेका हुन् ।
त्यस्तै गरी मुर्गिया ब्याडमिन्टन क्लबका पोखरेल र थापाको जोडीले जितगढी ब्याडमिन्टन क्लब बुटवलका दिनेश थापा र अशोक भुषालको जोडीलाई २–१ सेटमा २१–१६,१७–२१ र २१–१८ अंकले पराजित गरेका हुन् ।
तामनगर ब्याडमिन्टन क्लब बुटवलका थापा बन्धुको जोडीले खैरीया ब्याडमिन्टन क्लबका राजु डम्बर पाल र खगबहादुर रानाको जोडीलाई २–० सेटमा २१–१९, २१–१९ अंकले सहजै पराजित गरी अन्तिम चारमा स्थान बनाउन सफल भए भने मुर्गिया ब्याडमिन्टन क्लबकै पाण्डे र थापा क्षेत्रीको जोडीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका चक्रबहादुर डम्बर पाल र प्रेम कानुको जोडीलाई २–० सेटमा २१–१७ र २१–१४ अंकले सजिलै हराई सेमिफाईनल प्रबेश गरेका हुन् ।
प्रतियोगितामा बिजेताले २५ हजार रुपैया र ट्रफी तथा उप बिजेताले १५ हजार रुपैंया र ट्रफी एबं तृतिय स्थानका दुई टिमले ५ हजार रुपैया प्राप्त गर्ने प्रतियोगिताका संयोजक होमकुमार गुरुङ्गले बताउनु भयो ।
प्रतियोगितामा जिल्लाका ४० टिमको सहभागिता रहेको छ । प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम मधवलिया ब्याडमिन्टन कभर्डहलको निर्माण सम्पन्न गर्न प्रयोग गरीने क्लबका अध्यक्ष अरुणकुमार शाहीले बताउनु भयो । प्रतियोगिताको उदघाटन  संसदका सदस्य एबं पुर्ब मन्त्री दिपक बोहोराले गर्नु भएको थियो