बुटवल, २६ मंसिर । चौथौ स्व.धक बहादुर, रंजन—सागर स्मृति कप नक आउट फुटवल प्रतियोगिता २०७२ अन्तरगत शनिवारको खेलमा जनज्योती फुटवल क्लव डिङ्गनगर बिजयी भएको छ । बिजयी सगै जनज्योती सेमिफाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलामा जनज्योतीले आयोजक सुनौलो संगम युवा क्लवको सामना गर्ने छ । रोमाञ्चक प्रतियोगितामा जनज्योतीले चाँदनी युवा क्लव गजेडीलाई २–० ले पराजित गर्दै सेमीफाईनलमा स्थान पक्का गरेको हो । सुनौलो संगम युवा क्लबको आयोजनामा एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलको पहिलो हाफमा जनज्योतीका सुनील थापाले ४१ मिनेटमा पहीलो गोल गदै टिमलाई अग्रता दिएका थिए । त्यसै गरि ६८ मिनेटमा जनज्यातीका अमित सुनारले गोल गदै टिमको जित सुनिश्चित गरे । खेलमा जनज्योतीका सरोज थापा म्यान अफ दी म्याच घोषित भए । आईतवार पहिलो सेमिफाईनल टेन्सवर्ग फर्साटिकर र न्यु सिजना युवा क्लव करौजी बिच हुनेछ ।