मेला स्थल बुटवल मण्डपमा सरसफाई

499

मेला स्थल बुटवल मण्डपमा सरसफाई

खेमानन्द पाठक बुटवल, मंसिर २६ । बुटवल–१२ रामगर स्थित बुटवल मण्डपमा शनिबार सरसफाई गरिएको छ । रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलालाई लक्षित गरी मण्डपमा सरसफाई गरिएको हो ।
रामनगर स्थित नेपाली सेनाको २२ नं. वाहिनीको सहयोगमा मण्डपमा सरसफाई गरिएको मेला प्रचारप्रसार संयोजक बैकुण्ठ कोइरालाले जानकारी दिनुभयो । सरसफाईमा नेपाली सेना र मेला आयोजक मुल समिति तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी एक्स्पोलाई सभ्य र भव्य बनाउन मेलास्थलमा सरसफाईका कामलाई समेत तीव्रता दिइएको आयोजकले जनाएका छन् । मेलास्थलमा अहिले स्टल, सचिवालय, प्रवेशद्धार निर्माणका काम भैरहेका छन् । निर्माणको काम सकिएपछि मेलास्थल सजावटको काम सुरु गरिने आयोजक रुपन्देही व्यापार संघका महासचिव डिल्लीराज भण्डारीले जानकारी दिनुभयो ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउ“सम्म व्यापार विस्तार’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको लुम्बिनी एक्स्पो पुस ८ गतेदेखि २१ गतेसम्म सञ्चालन हु“दैछ । एक्स्पोमा स्वदेशी र बिदेशीका गरी विभिन्न प्रकृतिका ६ सय स्टलमा राखिने आयोजकले जनाएका छन् । मेला सचिवालयले स्टलहरु धमाधम दर्ता भैरहेको जनाएको छ ।
एक्स्पोको टिकट प्रायोजकमा दुगड स्पाइसिस एण्ड फुड प्रोडक्ट प्रा.लि. टुंगो लागेको छ । यस्तै मेलाको अफिसियल बैंकमा वाणिज्य बैंकतर्फ सनराइज बैंक लिमिटेड र विकास बैंक तर्फ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको महासचिव भण्डारीले बताउनु भयो । एक्सपोमा अन्तर्राष्ट्रिय, अटो पेभिलियन, कृषि प्रविधि, सेवा मुलुक, सूचना प्रविधि र इलेक्ट्रोनिक्स, सामाजिक र सेवामूलक संघसंस्था, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, वैकल्पिक उर्जा, जुत्ता चप्पल, दैनिक उपभोग्य सामान, गार्मेन्ट्स, निर्माण सामाग्री, घरेलु तथा हस्तकला, होटल तथा रेष्टुरेन्टका स्टल रहने छन् ।