अग्रपंक्तिमा रहेर समाज सेवामा काम गर्ने लियो क्लवका स्वयम् सेवकहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई ज्ञापन पत्र प्रदान गरिएको छ ।
लियो जिल्ला परिषद ३२५ बि २ नेपालले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर कामगर्ने लियो क्लवका स्वयम् सेवकहरुलाई खोपको प्रवन्ध मिलाउन माग गर्दै मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र दिएको हो ।
लियो जिल्ला परिषद ३२५ बि २ नेपालका उपाध्यक्ष लिलामणि न्यौपानेको नेतृत्वमा पुर्व जिल्ला परिषद अध्यक्ष सरोज कंडेल, पुर्व जिल्ला परिषद कोषाध्यक्ष सुदिप बेलबासे, रिजन चियरपर्सन प्रविन पौडेल र लियो अरुण बस्यालको टोलीले मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
त्यस क्रममा मन्त्री श्रेष्ठले प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर स्यमसेवकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै क्लवले स्थानीय तहका प्रमुहरुलाई पनि खोप उपलब्ध गराउन माग गरेको थियो । स्थानीय तहका प्रमुखहरुले पनि स्वयम् सेवकलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउने आश्वासन दिएको सरोज कंडेलले बताउनु भयो ।