विद्यालयको स्तरोन्ततिका लागि महायज्ञ – अर्थमन्त्रीलेभने सबैको सहयोगको खांचो

573

विद्यालयको स्तरोन्ततिका लागि महायज्ञ – अर्थमन्त्रीलेभने  सबैको सहयोगको खांचो

Bishnu_Paudel_20110310090553बुटवल, २७ मंसिर । विद्यालयको स्तरोन्नति र प्राविधिक शिक्षालय सञ्चालन गर्न आर्थिक संकलन गर्ने उद्देश्यसहित बुटवल–१९ मोतिपुर रानीगञ्जमा श्रीमद् भागवत धनधान्यान्चल महायज्ञ शुरु भएको छ । जनशक्ति नमूना प्रावि रानीगन्जको प्रांगणमा आयोजित महायज्ञको अर्थमन्त्री एवं रुपन्देही ४ का सांसद विष्णु पौडेलले आइतबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले सामाजिक कार्यका लागि महायज्ञ आयोजना गर्नु निकै सराहनीय काम भएको भन्दै सबैले आफ्नो ठाउंबाट सक्दो सहयोग गर्नुपर्ने धारणा राखे । उनले आफू यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधि भएकाले यहाको विकास निर्माण,शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सदैव लागिपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति हरिबहादुर आचार्य क्षेत्री,एकीकृत माओवादीका गंगाराम ढकाल,मोतिपुर उच्च माविका प्राचार्य लक्ष्मण मरासिनी,विद्यालयका कार्यवाहक अध्यक्ष सन्तबहादुर राना,महायज्ञकी महिला संयोजक माया भण्डारी लगायतले बोल्दै अनाथ,असहाय र विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने विद्यालयको स्तरोन्नति र प्राविधिक शिक्षा संचालन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञलाई सफल बनाउन सबैसंग अनुरोध गरे । महायज्ञ सम्पादन मूल समिति संयोजक भिमप्रसाद न्यौपानेको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक ग्यामलाल भुसालको स्वागत र उमानन्द घिमिरेको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । करिब एककरोड रुपैयां संकलन गरी सो विद्यालयको मुहार नै फेर्ने लक्ष्यसहित पहिलोपटक आयोजना गरिएको महायज्ञ सम्पन्न गर्न करिब २० लाख रुपैयां खर्च लाग्ने अनुमान गरिएको छ।
महायज्ञमा आइतबार स्थानीय १०३ वर्षिय बिसु रानाको सम्मानमा सन्तबहादुर रानाले १ लाख १ हजार,जनसंघर्ष टोल सेक्टर १४ बाट सम्पूर्ण टोलबासीले संकलन गरी १ लाख ३ हजार र हरिलाल न्यौपानेले १ लाख १ हजार दान गरेका आर्थिक समिति संयोजक कृष्ण खरालले बताए । महायज्ञमा आर्थिक र भूमि दान गर्ने दानवीरहरुलाई बाजागाजा, दोसल्ला ओढाएर,कदर पत्र प्रदान गरी विभिन्न थरिका सम्मानले सम्मान गर्ने कार्यक्रम रहेको छ ।