नियमित रक्तदाता संघद्वारा बुटवल र सैनामैनामा रक्तदान

373

नियमित रक्तदाता संघद्वारा बुटवल र सैनामैनामा रक्तदान

नेपाल नियमित रक्तदाता संघले शनिवार रुपन्देहीको २ स्थानमा रक्तदान गरेको छ । संघको आयोजनामा बुटवलमा गरेको रक्तदानमा ६५ र सैनामैनामा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । संघले हरेक महिनाको तेस्रो शनिवार नियमित रुपमा र त्यसबाहेक आकष्मिक रुपमा समेत रक्तदान गरि रक्तसञ्चार सेवा केन्द्रलाई उपलब्ध गराउँदै आएको संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
सैनामैनामा रहेको युगल सहकारीको स्थापनाको अवसरमा नेपाल नियमित रक्तदाता संघ सैनामैना शाखाको संयोजनमा आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा एमालेका सचेतक भूमिश्वर ढकाल र बुटवलको कार्यक्रममा उद्योगी एजाज आलमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रम संयोजक दीपक अधिकारीले बताउनु भयो । बुटवलमा भएको कार्यक्रममा संघका अध्यक्ष दया बहादुर सिलवाल र सैनामैनामा भएको कार्यक्रम गोविन्द पोखरेलको अध्यक्षतामा भएको मधु अर्यालले बताउनु भयो । दुवै कार्यक्रममा वोल्ने वक्ताहरुले संस्थाले गरेको मानविय कार्यको हरेक क्षेत्रवाट सहयोग गर्न सुझाव दिनु भएको थियो ।