ब्याडमिन्टन उपाधी भुषाल र गुरुङ्गको जोडीलाई

1.3K

ब्याडमिन्टन उपाधी भुषाल र गुरुङ्गको जोडीलाई

Winners and Loosers with guestsभैरहवा, / रुपदेही जिल्ला स्तरीय ‘मकन सुक गुरुङ्ग आउटडोर ब्याडमिन्टन प्रतियोगिताको उपाधी जगन भुषाल र होम कुमार गुरुङ्गको जोडीले हात पारेका छन् । रुपन्देहीको तिलोत्तमा नगर पालिका वडा नम्बर २१ स्थित मधवलिया ब्याडमिन्टन क्लबको निर्माणाधिन कभर्डहलमा सम्पन्न फाइनलमा आयोजक क्लबका भुषाल र गुरुङ्गको जोडीले मुर्गिया ब्याडमिन्टन क्लबका चिरन्जिबि पाण्डे र नन्दु थापा क्षेत्रीको जोडीलाई २–१ सेटले हराउदै उपाधी सहीत २५ हजार रुपैयाको पुरस्कार समेत प्राप्त गरेका छन् । पहीलो सेट १७ – २१ ले गुमाएका भुषाल र गुरुंङ्गले दोश्रो र तेश्रो सेटमा भने २१–१४ र २१–१८ले सहज जित हात पार्दै उपाधी हात पारेका थिए । उप बिजेता पाण्डे र थापा क्षेत्रीको जोडीले १५ हजार रुपैया प्राप्त गरे भने ं तृतिय स्थानमा रहेको दुई टिमहरु तामनगर ब्याडमिन्टन क्लबका चुरन थापा र रेशम थापा तथा मुर्गिया ब्याडमिन्टन क्लबका केशर पोखरेल र प्रकाश थापाको टिमले जनही पाँच हजार रुपैया प्राप्त गरे । सेमि फाईनलमा थापा बन्धुहरु भुषाल र गुरुङ्गको जोडी संग २–० सेटले तथा पोखरेल र थापाको जोडी पाण्डे र थापा क्षेत्रीको जोडी संग २–० सेटलेनै पराजित भई तेश्रो भएका थिए ।
प्रतियोगितामा बिजयी तथा उप बिजयी टिमलाई प्रमुख अतिथी ब्यबस्थापिका संसदका सदस्य एबं पुर्ब मन्त्री दिपक बोहोरा,मधवलिया ब्याडमिन्टन क्लबका अध्यक्ष अरुण कुमार शाही ,मुख्य प्रायोजक गिरी प्रसाद गुरुङ्ग लगायतले गर्नु भएको थियो । प्रतियोगितामा रुपन्देहीका बिभिन्न ब्याडमिन्टन क्लबका ४० टिमको हसभागिता रहेको प्रचार प्रसार समितीका सदस्य रबि कार्किले बताए ।
प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम निर्माणाधिन मधवलिया ब्याडमिन्टन कभर्डहलको निर्माणकार्य सम्पन्न गर्न प्रयोग गरीने क्लबका अध्यक्ष अरुण कुमार शाहीले बताए ।