निशुल्क हाउस वायरिङ तालिम

903

निशुल्क हाउस वायरिङ तालिम

talimm (1)
बुटवल,मंसिर । सिप सिकेर उज्वल भविश्वको पखाइमा रहेका युवाहरुका लागि आजबाट बुटवलमा तिन महिने हाउस वायरिङ तालिम शुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही तथा सम्बृद्ध सामुदायिक विकास केन्द्रको आयोजनामा आजबाट निशुल्क तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीमा तालिम संयोजक शिव पुजन चौधरीले पविधिक सिप भएको मानिस बोरोजगार बस्न नपर्ने बताउदै लगन र मेहनतका साथ आफ्नो काममा लाग्न आग्ह गर्नु भयो । धेरै नेपाली युवाहरु विदेशीने प्रचलन बढेको भन्दै उहांले सिप सिकेर गएमा सम्मानका साथ काम गर्न र श्रमको मुल्य पाउने समेत बताउनु भयो ।
नेपालमै धेरै निमार्ण कार्य भैरहेको रुपन्देही जस्तो जिल्लामा हाउस वायरिङ जस्तो सिप सिकेको जनशक्तीको सधै अभाव रहने बताउनु भयो ।
सम्बृद्ध सामुदायिक विकास केन्द्का अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हात्तीसुढ बस्ती विकास समितिका अध्यक्ष भिमसेन श्रेष्ठ, धन व राना लगायतले बोल्नु भएको थियो । तिन महिनासम्म संचालन हुने तालिममा बुटवल १३ सुकुम्बासी बस्तीका एक दजृन युवायुवतीहरुको सहभागिता रहेको छ ।