नाकाबन्दीले तस्करी बढायो

769

नाकाबन्दीले तस्करी बढायो

blokedभैरहवा, २९ मंसिर । नेपाल भारत सिमानाका वेलहीयामा सुरक्षाकर्मी केन्द्रित हुँदा रुपन्देहीका अन्य नाकाबाट तस्करी बढेको छ ।
खुला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुले धकधई क्षेत्रको भगवानपुर, मैनिया, मेउडिहवा, बेलहिया, मर्चवारको त्रिलोकपुर, कदमहा, चनी, बगौली, कालिदह, पिप्रहवा क्षेत्रबाट व्यापक रुपमा तस्करी गरिरहेको स्थानिय वासी बताउँछन ।
भारतले अघोषित रुपमा नाकावन्दी गरी प्रयाप्त मात्रमा ईन्धन आयात हुन नसकेपछि भारतीय तस्करहरुले भैरहवा, बुटवल लगायतका नेपाली बजारमा आफनो व्यापार बढाएका छन् । सिमावर्ती सुनौली–भैरहवाको बजारमा चीनी, कपडा, मोटरपार्टस, ईलेक्ट्रिक, कुखुराको चल्ला, सुपारी, लागुऔषध ओसारपसार एवं तस्करी बढेको सिमावर्ती सुनौली व्यापार मण्डलका व्यापारीले बताए ।
भारत निर्भर नेपाली बजार अहिले अन्य सामानाको सट्टा डिजेल, पेट्रोलको कारोवार बढेको ईलाका प्रहरी कार्यालय वेलहीयाका प्रहरी निरीक्षक अभयकुमार शाहले वताउनु भयो ।
तेलको तस्करी सिमावर्ती भारतीय वजार ठूटीवारी, महेशपुर, सुनौली, नौतनवा, फरेना, झण्डी बजार, मर्चवार, लुम्विनी, अलिगडवा, सोहरतगढ, वढनीबाट तेलको ओसार पसार गर्ने काममा स्वयम मधेशी मोर्चाका कार्यकर्ता संलग्न रहेको पाईएको छ । मधेशी मोर्चाका कायकर्ताहरुको मिलोमतोमा स्थानिय तस्करले लाईन मिलाएर काठमाण्डौं पोखरा लगायत मुख्य बजार एवं उद्योगी व्यापारीलाई समेत सप्लाई गर्ने गरेका छन् ।
मधेशमा उठेको आन्दोलन र नाकाबन्दि तर्फ सुरक्षा निकायको ध्यान ड्राईभर्ट भईरहेको कारण पनि खुला सिमानाको फाईदा उँठाउँदै अन्य नाकाबाट तस्करी बढेको हो । यसरी खुलेआम तस्करी भईरहँदा पनि प्रहरी प्रशासन त्यसतर्फ गम्भिर बनेको देखिंदैन ।
रुपन्देहीको मुख्य नाका वेलहीयामा प्रहरी केन्द्रित भएको र अन्य नाकाहरुमा खुकुलो सुरक्षा व्यबस्थाको कारण तस्करलाई बाटो सहज भएको हो ।
पुर्वमा नवलपरासीदेखि पश्चिममा कपिलवस्तुसम्म रुपन्देही जिल्लाको ६० किलोमिटर भूमी नेपाल भारत सिमा नाका खुला छ । सिमानामा रहेका ७ वटा छोटी भंसार र दुईवटा नाका पनि बन्द अवस्थामा छन् । माओवादी द्वन्द्वमा विस्थापित ५ वटा भंसार कार्यालयहरु अझै पुनःस्थापन हुन सकेका छैनन । अहिले मधेश आन्दोलनकाकारण दुईवटा नाकापनि बन्द गरिएको छ । जसका कारण तस्करलाई चोरी निकासी गर्न सहज बनेको छ ।
मोर्चाका कार्यकर्ताको त्रासका कारण थुमुवा र लुम्बिनी छोटी भन्सार कार्यालय पनि वन्द भएका छन । बुचिवरेवा छोटी भन्सार, अमुवा छोटी भन्सार, पक्लिहवा छोटी भन्सार, दुर्गौलिया नाका, बेथरी छोटी भन्सार, पचवारे नाका, मन्झरीया छोटी भन्सार कार्यालयहरु पुनस्थापना भई संचालनमा आउन नसकेको भैरहवा भंसार कार्यालयका प्रमुख लावण्यकुमार ढकालले बताउनु भयो ।
ससस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयले सिमाक्षेत्रमा ४ वटा विओपी र एक सव वेस खडा गरी सुरक्षा प्रदान गरिरहेको छ । आवश्यक सुरक्षाकर्मीको अभावले तस्करी नियन्त्रणमा ध्यान दिन नसकिएको र तत्काल सिमा सुरक्षामा मात्रै तैनाथ रहेको सुरक्षा अधिकारीले वताए । मोर्चाको आन्दोलन सुरु भएदेखि हालसम्म ४ महिनाको अवधिमा चोरी तस्करी गरि ल्याएको २० लाख मुल्य बराबरको खानेतेल, किराना सामान, हार्डवयर सामान वरामद गरेको ससस्त्र प्रहरी निरीक्षक तुलसीराम पाण्डेले जानकारी दिनुभयो । भारतबाट ईन्धन आयतमा अवरोध भएसंगै ईन्धन तस्करीलाई भने खुलेआम छोडिदिएका छन ।