नेपाली युवा व्यवसायी कंडेल लण्डनको ७० वर्ष पुरानो बिद्यालयको अध्यक्षमा नियुक्त

156

नेपाली युवा व्यवसायी कंडेल लण्डनको ७० वर्ष पुरानो बिद्यालयको अध्यक्षमा नियुक्त

नेपाली युवा व्यबसायी राजन कंडेल लण्डनको ७० वर्ष पुरानो बिद्यालयको अध्यक्षमा नियुक्त हुनु भएको छ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का कार्यकारी अध्यक्ष कंडेल बेलायतको उत्कृष्ट शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा नियुक्त हुनु भएको हो ।
सन १९५४ देखि बेलायतको साउथ इष्ट लण्डनमा सञ्चालन हुँदा आएको उक्त शैक्षिक संस्था (बिद्यालय) लण्डनमा उत्कष्ट ११ मा परेको छ । यो बिद्यालयले ११ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विश्वस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा लगानी गर्दै आउनु भएका युवा व्यबसायी कंडेल अभिभावक संघको अध्यक्षमा नियुक्त भएपछि आफू सम्मानित भएको महशुस गर्दै खुसी व्यक्त गर्नुभयो । विश्वस्तरिय शिक्षा प्रदान गरिरहेको शैक्षिक संस्थासँग काम गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो–‘मलाई आशा छ, स्कुल, सरोकारवाला निकाय तथा अभिभावकहरुको सहयोग तथा समर्थनमा बिद्यालयलाई थप उचाईमा पुर्याउन सकिन्छ ।’
साथै न्युस्टेड वुड स्कूलको आफ्नै आधारभूत मान्यताहरु भएको र ती मूल्य मान्यतालाई आफूले संचालन गर्दै आएका शैक्षिक संस्थाहरुमा पनि कार्यान्वयन गर्न सघाउने विश्वास लिएको बताउनु भयो ।
कंडेलले हालै नेपालमा दुईवटा शैक्षिक संस्थाहरुको स्वामित्व लिनु भएको छ । रुपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमी र चितवनस्थित मदरल्याण्ड स्कुलको स्वामित्व लिएका लिएका कंडेलले दुबै संस्था ब्रिटिश एजुकेशन ग्रुपको हिस्सा बन्ने बताउनु भयो ।
न्यूस्टेडसँगको आबद्धताले नेपालमा पनि सोही प्रकारको शैक्षिक संस्कारको बिकास गर्न सकिने युवा व्यबसायी कंडेलले विश्वास व्यक्त गर्नुभयो । द ब्रिटिस एजुकेशन ग्रुपले नेपाल सहित दुबई तथा बेलायतमा पनि शैक्षिक संस्थाहरु संचालन गर्दै आएको छ ।