अत्यन्तै टाउको दुख्छ ? यि उपाय अपनाउनुहोस् कम हुँदै जान्छ

658

अत्यन्तै टाउको दुख्छ ? यि उपाय अपनाउनुहोस् कम हुँदै जान्छ

Screenshot_16

विभिन्न कारणले दुख्ने गर्छ टाउको । मानिसहरु जब तनावमा आउँछन्, कुनै समस्या आइपर्छ वा निन्द्रा पुग्दैन यस्तो बेलामा धेरै टाउको दुखेको महशुस हुन्छ । टाउको दुख्ने समस्या केवल एक जनाको मात्रको नभएर संसारभरका मानिसमा छ । टाउको दुखेपछि कुनै काम गर्न मन नलाग्ने, वास्तविक अर्थमा काम गर्न अत्यन्त गाह्रो हुने बाधक पीडाका रूपमा लिइन्छ । धेरै मानिस टाउको दुखेको बुझ्छन् तर त्यसको कारण वा रहस्य जान्न सक्दैनन् ।
कसरी बच्ने त टाउको दुखाइबाट ?
टाउको दुखाईको सुरुवात निन्द्य्रको खलबालबाट सुरु हुन्छ त्यसैले निश्चित समयमा सुत्ने उ उठ्ने गर्नुपर्छ । अनिदो बस्ने, जुन बेला मन लाग्यो त्यही बेला सुत्ने, अबेला सम्म बस्ने र ढिलो उठ्ने गर्नाले पनि धेरैलाई टाउको दुखिरहेको हुन्छ वा अरु कारण ९जस्तै माइग्रेनको टाउको दुखाइ० बढाइरहेको हुन्छ । त्यसैले सकेसम्म निन्द्रा नफालौ, सधैं एकै समयमा सुत्ने र उठ्ने बानी गरौ ।
चियाकफी, जाडरक्सी, चुरोट कम गर्ने
चियाकफी, जाडरक्सी, चुरोट आदीको अत्यधिक सेवनले माइग्रेन जस्ता टाउको दुखाइहरुलाई बढाउछ। त्यसैले त्यस्ता कुरा सकेसम्म कम गरेको नै बेस हुन्छ।
नियमित रुपमा व्यायाम गर्नुहोस्

यमित रुपमा व्यायाम गर्नाले शरीर स्फुर्त रहनाका साथै मन पनि चङ्गा रहन्छ। यस्ले शरीरमा इन्डोर्फिन नामक मस्तिस्कको प्राकृतिक पेनकिलर पनि उत्पादन गर्न मद्दत गर्छ । हफ्ताको ४–५ दिन करीब २०–३० मिनेट छिटो–छिटो हिंड्नु स्वास्थ्यकर हुन्छ ।
मानसिक तनाव कम राख्ने
मानसिक तनाव सबैलाई पर्छ तर त्यससँग कसरी डिल गर्ने, समस्या कसरी समाधान गर्ने, आफुलाई कसरी कम तनाव पार्ने भन्ने उपायहरु हामीले जान्नुपर्छ। तनावको बेलामा आफ्ना रुचिका कामहरु जस्तै घुम्न जाने, साथीभाइसँग गफ गर्ने, म्युजिक सुन्ने, मुभी हेर्ने, रमाइला किताबहरु पढ्ने गर्न सकिन्छ । साथै ध्यान गर्ने, योगा गर्ने गर्नाले पनि तनावलाई धेरै कम गर्न सकिन्छ र टाउको दुखाइ पनि नियन्त्रण गर्न सकिन्छ ।
पानी प्रसस्त पिउने
भनिन्छ पानी नै जिवन हो । मानिसलाई लागनृ आधाआधी जस्तो रोगहरु पानीले नै निको पार्ने भएकाले प्रश्स्त पानीको सेवनले टाउको दुख्ने, कब्जियत हुने लगयातका समस्या तत्काले हट्छन् ।