महायज्ञमा दानबीर बढ्दै

1.3K

महायज्ञमा दानबीर बढ्दै

yagyeबुटवल, पुस । विद्यालयको स्तरोन्नति र प्राविधिक शिक्षालय सञ्चालनार्थ आर्थिक संकलन गर्ने उद्देश्यले बुटवल–१९ मोतिपुर रानीगञ्जमा संचालन भैरहेको श्रीमद्भागवत धन धान्यान्चल महायज्ञमा पांचौं दिनसम्म करिब ३४ लाख रुपैयां संकलन भएको छ । जनशक्ति नमूना प्रावि रानीगन्जमा मंसिर २७ गतेदेखि शुरु भएको महायज्ञमा बिहीबार मात्रै करिब चार लाख रुपैयां दान संकलन भएको आर्थिक समिति संयोजक कृष्ण खरालले जानकारी दिनुभयो ।
बिहीबार बुटवल १९ का योगराज भुसालले ५१ हजार १ सय १ज्ञ,रुपन्देही फर्साटिकरका शेरबहादुर खत्रीले ५१ हजार एक सय ,गुल्मी आंपचौरका दिनानाथ खरालले ५१ हजार एकसय ११ र बुटवल १९ रानीगंजका मणिरत्न न्यौपानेले ५१ हजार एकसय ५५ रुपैयां दान गरेका प्रचार प्रसार समिति संयोजक टोपनारायण घिमिरेले बताउनु भयो । बिहीबार नै अन्य दानदाताहरुबाट करिब २ लाख रुपैयां संकलन भएको आयोजकले जानकारी दिएका छन् । ५० हजार रुपैयां भन्दा बढी नगद दान गर्ने दानवीरहरुलाई आयोजकले फुलमाला, अबीर,दोसल्ला र कदरपत्र प्रदान गरी बाजागाजा र नाचगानसहित सम्मान गर्ने गरेको विद्यालयका प्रधानाध्यापक ग्यामलाल भुसालले बताउनु भयो । अनाथ, असहाय विपन्न र मजदुरका छोराछोरीले पढ्ने जनशक्ति नमूना प्राविलाई स्तरोन्नति गर्दै भविष्यमा रोजगारमुलक र सीपमुलक प्राविधिक शिक्षालय संचालन गर्ने सामाजिक उद्देश्य राखेर महायज्ञ भएकाले विभिन्न क्षेत्रबाट स्वतःस्फुर्त दान गर्ने क्रम जारी रहेको महायज्ञ सम्पादन मूल समिति अध्यक्ष भिमप्रसाद न्यौपानेले बताउनु भयो । महायज्ञमा ब्यासाचार्य नेत्रप्रसाद पराजुलीले संगीतमय कथा प्रवचन गरिरहनु भएको छ