जनज्योतीलाई उपाधी

696

जनज्योतीलाई उपाधी

futबुटवल, पुस । चौथौ स्व.धकबहादुर, रंजन—सागर स्मृति कप नक आउट फुटवल प्रतियोगिता २०७२ को उपाधि जनज्योती क्लव डिङ्गरनगरले चुमेको छ । फाईनल खेलमा टेन्सवर्ग फर्साटिकरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै जनज्योतीले उपाधि चुमेको हो ।
जनज्योतीका जितमा खेलको ४२ औ मिनेटमा सुनिल थापा, ६७ औ मिनेटमा उमेश थापा र ७५ औ मिनेटमा अनिल ओझाले गोल गरेका थिए भने टेन्सवर्गका प्रदिप गुरुङ्गले सान्तवना गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट तिन बिधामा जनज्योतिको कब्जा रहयो । उत्कृष्ट गोलकिपर सन्देस गरु∙, सर्वाधिक गोलकर्ता अनिल ओझा र सर्बोत्कृष्ट खेलाडि गौरव बुढाथोकी घोषित भएका थिए । जनज्योतीले उपाधिसंगै नगद ८० हजार प्रमाणपत्र र मेडल प्राप्त गर्यो भने उपविजेता टिम टेन्र्सवर्ग फर्साटिकरले नगद ४० हजार, प्रमाण्पत्र र मेडलमा चित्त बुझायो । बिजेता टिमलाई रुपन्देहीका स्थानिय बिकास अधिकारी युवराज सुवेदीले पुरस्कार बितरण गर्नुभयो । क्लवका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो