उष्णप्रदेशीय रोगको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु भएको छ । उष्णप्रदेशीय रोगको कारण उत्पन्न हुने अपांगतालाई रोक्नको लागि सामाजिक जनचेतना समेत अपरिहार्य रहेको छलफलमा निश्कर्ष निकालिएको छ ।
ईन्द्रेणी ग्रामिण विकास केन्द्रको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपालको सहयोगमा बुटवलमा सञ्चालन भएको स्थानीय विकेन्द्रीकरण स्वाथ्य परियोजना अन्र्तगतको स्थानीय सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले रोग पश्चात उत्पन्न हुने सामाजिक विभेदको विरुद्धमा समेत जनचेतना आवश्यक रहेकोमा जोड दिईएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले पत्रकारहरुले सबै क्षेत्रमा कलम चलाउनुपर्ने बाध्यता रहदा रहदै पनि खासगरी उष्णप्रदेशीय रोगहरुको विषयमा पुर्व सावधानी, असर तथा प्रक्रिया र राग पश्चात निधानका प्रक्रिया र उत्पन्न पस्थिीतिबाट सिजना हुने अवस्था र विभेदको विषयमा चेनामुलक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै फेयरमेड फाउडेसनका प्रोजेक्ट कोअर्डीनेटर शिसिलाल कर्णले स्वाथ्य क्षेत्रमा समान्य पुर्व सावधानी अपनाएमा ठुलो दुर्घटनाबाट बच्न सकिने औंल्याउनु भयो । चिकित्सक डा. विष्णु विश्वकर्माले सहजीकरण सहित कार्यपत्र प्रस्तुुत गर्नुभएको थियो । कार्यक्रममा ईन्द्रेणी ग्रामिण विकास केन्द्रका कार्यकारी निर्देशक प्रदिप शाह, आधारभुत स्वाथ्य परियोजना कार्यक्रम अधिकृत मिरा थापाले उष्णप्रदेशीय रोगको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।