तिलोत्तमा रक्तदाता समाजद्वारा रक्तदान

251

तिलोत्तमा रक्तदाता समाजद्वारा रक्तदान

तिलोत्तमा रक्तदाता समाजले आफ्नो पहिलो वार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले शनिबार तिलोत्तमा नगरपालिकाको २ स्थानमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । तिलोत्तमा-१५ मा विकिरण बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा तथा तिलोत्तमा-७ भलवारीमा पब्लिक हेल्थ फाउण्डेशन लुम्बिनीको सहकार्यमा गरिएको कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको समाजका महासचिव अरुण पन्थीले जानकारी दिए ।

वार्षिक साधारणसभाको अवसमा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेल ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ संस्थाले गर्दै आएको मानवीय कार्यलाई निरन्तरता दिन आग्रह गरे । निस्वार्थ मानवीय सेवामा लागेको रक्तदाता समाजले आगामी दिनमा सेवालाई थप फराकिलो बनाउन सुझाब दिए । संस्थाको कार्य सहजताको लागि भवन निर्माणमा समेत नगरापालिकाको तर्फबाट सहयोग रहने उनको भनाई छ ।

कार्यक्रमका अवसरमा समाजका अध्यक्ष गोविन्द बन्जाडे, तिलोत्तमा १५ का अध्यक्ष खेमराज गुरुङ तथा करहिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हेमराज पौडेल लगायतले बोल्दै मानवीय सेवा तथा सामाजिक क्रियाकलापलाई थप सक्रिय भएर अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । उक्त रक्तदान कार्यक्रम बुटवल रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
तिलोत्तमा रक्तदाता समाजले हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।