मानव धर्मद्वारा अन्तर विद्यालय कबिता वाचन प्रतियोगिता

114

मानव धर्मद्वारा अन्तर विद्यालय कबिता वाचन प्रतियोगिता

नेपाल मानव धर्म सेवा समिति बुटवलद्वारा भानु जयन्तीको अवसरमा अन्तर विद्यालय कबिता वाचन कार्यक्रम गरिएको छ । १२ विद्यालयका बिद्याार्थीले भाग लिएको उक्त प्रतियोगितामा निर्णायकको भुमीकामा प्रा. डा बाबुराम ज्ञवाली, शन्तराम गिरी एवम् डिल्ली नारायण पाण्डे रहनु भएको थियो ।
प्रतियोगितामा दीप बोर्डिङ स्कुल बुटवलकी छात्रा सस्था शाक्य प्रथम, क्याननकी लविश खनाल, न्यु होराईजनका किन्जल शर्मा एवम् लुम्बिनी बोर्डिङ का समिर घिमिरे क्रमशः द्वितीय, तृतीय एवम शान्तवना भएका थिए । उनीहरुलाई गुरुपुजा महोत्सवको समारोहमा पुरस्कार वितरण गरिने कार्यक्रमका संयोजक मेघराज गिरीले बताउनु भयो ।
कार्यक्रम महात्मा अम्बिका बाईजीको अध्यक्षतामा भएको कार्यक्रममा सागर थापाले स्वागत तथा भजन कलाकार सुन्दर स्वर्णकार सांगितिक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम स्वस्तिका पोखरेलको सञ्चालनमा भएको थियो ।