स्टडी वल्र्डद्वारा क्यानडा लक्षित शैक्षिक मेला

24

स्टडी वल्र्डद्वारा क्यानडा लक्षित शैक्षिक मेला

बुटवलको स्टडी वल्र्ड एजुकेसन कन्सल्टेन्सीले एक दिने शैक्षिक मेला सम्पन्न गरेको छ । अध्ययनको लागि क्यानडा जाने विद्यार्थीलाई लक्षित गरे शनिबार बुटवलमा शैक्षिक मेला आयोजना गरिएको हो ।
मेलामा क्यानडाका विभिन्न ५ विश्वविद्यालय (योर्कभिल विश्वविद्यालय, अल्गोेमा विश्वविद्यालय, जर्जियन विश्वविद्यालय, लोयास्टि विश्वविद्यालय र युनिभर्सिटी क्यानडा वेस्ट) का प्रतिनिधीहरुको सहभागिता रहेको थियो । उहाँहरुले कार्यक्रममा सहभागि नेपाली विद्याथीहरुलाई सहजीकरण गर्नुभएको थियो । जसअन्तर्गत क्यानडामा अध्ययन गर्न जाँदा आवश्यक पर्ने स्रोत र साधन, अध्ययन गर्ने विषय एवं विश्वविद्यालय सम्बन्धी विभिन्न कुराहरुको बारेमा विस्तृत जानकारी गराईएको स्टडी वर्डका सञ्चालक देवबहादुर कुवँरले जानकारी दिनुभयो ।
कार्यक्रममा २ सयबढी विद्यार्थीहरुको सहभागि थिए । बुटवलको अस्पताल लाईनमा रहेको स्टडी वर्डले लामो समयदेखि वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई परामर्श सहित भाषा कक्षा सञ्चालन गर्दै आएको छ ।