रुपन्देहीको मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलमा शैक्षिक महोत्सव गरिएको छ । बिहिबार र शुक्रबार दुई दिन सञ्चालन गरिएको शैक्षिक महोत्सवमा अन्तरसदनात्मक विभिन्न प्रतियोगिताहरु गरिएको थियो ।
कक्षा १ देखि ८ सम्मका विद्यार्थी सहभागि भएको शैक्षिक महोत्सवमा नेपाली, अङ्ग्रेजी, गणित र विज्ञानसँग सम्बन्धित हाजिरीजवाफ, वादविवाद, प्रश्नोत्तर, सामान्यज्ञान, वक्तृत्वकला तथा सुडोकु लगायतका प्रतियोगिता गराईएको थियो । अंग्रेजी र नेपाली भाषामा सञ्चालन गरिएको प्रतियोगितामा
प्रथम, द्वितीय र तृतिय भएका विद्यार्थी र सदनलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको शैक्षिक महोत्सव संयोजक सहप्राचार्य रमेशमणी सुवेदीले जानकारी गराउनु भयो ।
कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक डा. मिनप्रसाद खनाल, प्राचार्य विष्णुप्रसाद ढकाल, सह–प्राचार्य लजिता शर्माले विद्यालयले सञ्चालन गर्ने यस्ता कार्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभा पनि प्रष्फूटन हुने र उनीहरुको सर्वाङ्गिण विकासमा टेवापुग्ने भनाई राख्नु भएको थियो ।