कक्षा ११ को नतिजा सार्वजनिक

390

कक्षा ११ को नतिजा सार्वजनिक

बुटवल/उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले बिहीबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उत्तीर्ण भएको परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ४ जनाको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको छ ।
आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागि भएकोमा ४३ हजार ९८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ५ जनाको परीक्षा स्थगित गरिएको छ भने ३५ जनाको परीक्षाफल रद्ध गरिएको छ । गतवर्ष भने ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा यसवर्ष उत्तीर्ण प्रतिशत बढेको शर्माले जानकारी दिनुभयो ।
परीक्षा भएको ६ महिना पछि बल्ल कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो । परीक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम भएपनि ६ महिना ढिलो नतिजा सार्वजनिक भएको छ । कक्षा ११ को परीक्षा गत असार १ गतेदेखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गतेदेखि भएको थियो