इन्टलेक्च्यूअलमा दन्त परिक्षण

575

इन्टलेक्च्यूअलमा दन्त परिक्षण

 

बुटवल/ इन्टलेक्च्यूअल एकेडेमी बुटवल १३ कालिकानगर मझुवामा बिहिबार बिद्यार्थीको दाँत र मुख रोग सम्बन्धी परिक्षण तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलका वरिष्ठ दाँत तथा मुख रोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीको नेतृत्वमा डा. सन्ध्या पौडेल, डा. साधना अधिकारीसहितको टोलीले बिद्यालयका बिद्यार्थी तथा तिनका अभिभावकको स्वास्थ्य परिक्षण गरेको थियो । स्वास्थ्य परिक्षण तथा अभिमुखिकरण कार्यक्रममा नर्सरीदेखि कक्षा–९ सम्मका साढे ४ सय बिद्यार्थी र तीन सय जना अभिभावक सहभागि भएको बिद्यालयले जनाएको छ ।