नेपाल बंगबन्धु गोल्डकप फुटबलको उपाधि नजिक

1.3K

नेपाल बंगबन्धु गोल्डकप फुटबलको उपाधि नजिक

futबुटवल, ५ माघ/नबयुग श्रेष्ठको ह्याटि्रकको मदतमा नेपाल बंगबन्धु गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ। बंगलादेशको ढाकामा जारी बंगबन्धु गोल्डकप फुटबलमा मंगलबार भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल पहिलो पटक उपाधि नजिक पुगेको हो। नेपालले सन् १९९९ पछि पहिलो पटक माल्दिभ्सविरुद्ध जित हात निकाल्न सफल भएको छ।

नेपालले खेलको ३१ औँ मिनेटमा गोल गर्दै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए। श्रेष्ठले बिमल घर्ती मगरले प्रहार गरेको बल पोलमा लागेर रिबाउन्ड भएको बललाई पोष्टको दिशा दिएका हुन्। पहिलो हाफमा एक सून्यको अग्रता लिएको नेपालले खेलको ५२ औँ मिनेटमा नवयुग श्रेष्ठको पासमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे।
यस्तै खेलको ६२ औंँ मिनेटमा विक्रम लामाले मिलाएको पासमा नबयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि नेपाल ३–० गोल अन्तरले अघि बढ्यो।
तर खेलको ७७ औँ मिनेटमा माल्दिभ्सका लागि नासिदले फर्काए। अतिरित्त समयको पहिलो मिनेटमा नबयुग श्रेष्ठले गोल गर्दै ह्याटि्रक पूरा गरेपछि नेपालले खेल ४–१ गोल अन्तरले जित्यो। जितसँगै नेपाल फाइनल प्रवेश गरेको छ। उपाधिका लागि नेपालले अब बहराईनको सामना गर्नेछ।