विद्यार्थी जीवनमा तनाव र समय व्यवस्थापन महत्वपूर्ण

1.3K

विद्यार्थी जीवनमा तनाव र समय व्यवस्थापन महत्वपूर्ण

बुटवल बहुमुखी क्याम्पसमा विविए संकायमा एक्सिलेरेट कार्यक्रम गरिएको छ । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई अतिरिक्त ज्ञानको विकास गराउनको लागि क्याम्पसमा पहिलो पटक एक्सिलेरेट कार्यक्रम गरिएको हो । योसंगै अब हरेक शुक्रबार नियमित रुपमा यस्ता कार्यक्रम गरिने विविए कार्यक्रम निर्देशक डा. ओमप्रकाश अर्यालले जानकारी गराउनु भयो ।
त्यस अवसरमा एक्सिलेरेट सहित सफलताको सुत्र तथा कार्यशाला गरिएको हो । कार्यक्रममा नेपाली क्रिकेट आकाशका तारा शक्ति गौचनले आफ्नो क्रिकेट करियरमा गरेको संघर्ष र सफलताका रहस्यहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यार्थी जीवनमा तनाव र समय व्यवस्थापनामा ध्यान दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले क्याम्पसमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको शैक्षिकसंगै अतिरिक्त क्षेमताको पनि विकास गर्ने भएकाले कार्यक्रमलाई नियमित बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रम एक्सिलेरेटर तृप्ती न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्ववियू सभापति दुर्गाबहादुर एमसीको पनि सहभागिता रहेको थियो ।