वेस्टर्न मेगा कलेजका विद्यार्थीले मन्दिर परिषरमा सरसफाई गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहमा रहेको नेपालकै पहिलो स्कुटल वेस्टर्न मेगा कलेजका विद्यार्थीले बुटवल १३ नयाँगाउँमा रहेको मुक्तिनाथ बाबाधाम (मन्दिर) परिषरमा सरफाई गरेका हुन् ।
कलेजमा अध्ययनरत विएचएमका विद्यार्थीद्वारा श्रावण महिनाको पहिलो सोमबार आज मन्दिर परिषरमा सरसफाई गरिएको हो । त्यस्तै दोस्रो सोमबार साउन १४ गते पाल्पाको दोभानमा रहेको सिद्धबाबा मन्दिर, साउन २१ गते जानकीनगर स्थीत सिद्धेश्वरनाथ शिव मन्दिर तथा नयाँमिल स्थीत दुर्गा मन्दिर/शिव मन्दिर र साउनको अन्तिम सोमबार २८ गते तिलोत्तमाको पहुनी स्थित मोक्षधाम र भैरहवाको बसदिलवा शिव मन्दिरमा सरससफाई गर्ने कार्यकम गरिएको छ ।
कलेजमा विद्यार्थीलाई नियमित पठनपाठनसंगै व्यवहारिक ज्ञान र सामाजिक जिम्मेवारी बोध गराउन सामाजिक गतिविधिमा सरिक गराईएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले जानकारी गराउनु भयो ।
कार्यक्रम कलेजकी सहायक लेखापाल वर्षा पाण्डेको संयोजकत्वमा भएको थियो । कलेजमा स्नातक तहमा बि.एच.एम र स्नाकोत्तर तहमा एम.बि.ए अध्ययन अध्यापन हुँदै आएको छ भने वर्ष २०८१ को भर्ना खुलेको पनि उहाँले जानकारी गराउनु भयो ।