खेलकुदलाई परिष्कृत र संस्कृति जगेर्नामा सक्रिय प्रभात युवा क्लव

1.3K

खेलकुदलाई परिष्कृत र संस्कृति जगेर्नामा सक्रिय प्रभात युवा क्लव

खेलकुद कला, साँस्कृतिक धर्मको जगेर्ना, समाज परिवर्तनमा युवा हरुको मुख्य भुमिका” भन्ने उदेश्यका साथ गुल्मीको दोस्रो पुरानो युवा क्लव प्रभात युवा क्लवले आफ्नो स्थापनाको २९ औ बार्षिकोत्सवको  अवसरमा यहि कातिक २४,२५,२६ र २७ गते मदाने गाउपालिका–३, सिर्सेनि सिममा विगतका वर्षमा जस्तै शुभ दिपावली, छट पर्व तथा हरिबोधनी एकादशीको अवसर पारेर वडा स्तरीय भैलो, पुरुष जुनियर भलिबल प्रतियोगिता तथा खुल्ला वडा स्तरीय महिला भलिबल कार्यक्रमको सम्पन्न गर्नुका साथै विभिन्न पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । वि.स.२०३५/२०३६ सालबाट स्थानीय समाजेसेवी, बुद्धिजिवीहरु बाट हरबिोधिनी एकादशिको अवसरमा आड्चौरमा  शुरु भएको भैलो कार्यक्रमलाई व्यवस्थित गर्न २०५२ सालबाट प्रभात युवा क्लवले यसको नेतृत्व गर्दै  आएको र केहि बर्ष देखि खेलकुद लाई परिष्कृत गर्नका खेलकुद कार्यक्रमको समेत आयोजना गर्न थालिएको  क्लवका अध्यक्ष लक्ष्मण पोख्रेलले बताए । मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काको प्रमुख आथित्यमा  सम्पन्न कार्यक्रममा विषेश अतिथीको रुपमा मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, गुल्मीका प्रमुख  भरत सापकोटा , इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख दिपक के.सी. अथिति हरुमा मदाने गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष चेत बहादुर सेन, वडा नं. ४ का वडा अध्यक्ष प्रेम बहादुर सेनका साथै  पुर्व अध्यक्ष उदयनाथ भट्टराई लगायत समाजसेवी, बुद्धिजिवीहरुको  उपस्थिती रहेको थियो । तत्कालिन अवस्थामा क्लवको नेतृत्वमा गाविसमा भन्दा पहिला आफ्नो टोलमा मोटर प¥याएर ईतिहास रचेको प्रभात युवा क्लवले यहाँका युवाको नेतृत्व बिकास र संगठित हुनका लागी उल्लेख्य योगदान रहेको पुर्व अध्यक्ष ऋषि भट्टराईले बताए । कार्यक्रमको  अध्यक्षता लक्ष्मण पाख्रेलले गरेका थिए भने संचालन चेत बहादुर सेन र प्रकाश पोख्रेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा दर्शक र स्थानिय युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।