यहि चैत ८ गतेदेखि एकसाथ देशभर प्रदर्शन हुन लागेकाे नेपाली कथानक चलचित्र ‘द्राैपदी’काे शुक्रबार टेलर सार्वजनिक भएकाे छ । पश्चिम नेपालकाे गाउले परिवेशमा आधारित नेपाली चलचित्र द्राैपदी पश्चिम नेपालकाे ग्रामिण परिवेश अनुसार नै डोल्पाको से-फोक्सुन्डो लगायत विभिन्न रमणीयस्थलहरूमा छायांकन गरिएकाे छ ।
चलचित्रकाे कथा अनुसार बहुप्रतिक्षित चार वर्ष लगाएर कन्टेनमा चलचित्र निर्माण गरिएकाे चलचित्रका निर्देशक तथा कलाकार प्रकाश ज्ञवालीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार चलचित्रको नाम द्रौपदी धार्मिक सुनिए पनि यसमा महाभारतको कथा र पात्र नभई पश्चिम नेपालकाे गाउले परिवेशकाे एक महिला पात्रको कथा हो ।
‘याे चलचित्रमा कथासँगै रमणीय र पर्यटकीय स्थललाई प्रवर्द्धन गर्न खाेजिएकाे छ ।’ – उहाँले भन्नुभयाे । चलचित्रकाे टेलर सार्वजनिक हुँदैगर्दा चलचित्रका निर्माता समेत रहेका निर्देशक तथा कलाकार ज्ञवालीले बुटवलमा पत्रकारहरुसंग ‘द्रौपदी’ एक पृथक चलचित्र रहेकाले आम दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयाे ।
महिला संबेदनामा बनेको देखिने चलचित्रले एक अर्गानिक अनि गम्भीर बिषय उठाएको संकेत गरेको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ । फिल्मका सबै नयाँ कलाकार हुन् । आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्भायन र मोहनकुमार झिल्लुकाे छायांकन रहेकाे छ ।
बुटवलका युवा व्यवसायी प्रकाश ज्ञवालीकाे स्वास्थ्य सेवासंगसंगै चलचित्र उद्यममा ईन्ट्री भएकाे छ । पश्चिम नेपालकाे गाउले परिवेशमा तयार भएकाे द्राैपदीबाट उहाँकाे चलचित्र उद्यममा ईन्ट्री भएकाे हाे । उहाँकाे याे चलचित्रमा लगानीसंगसंगै निर्देशक र कलाकारकाे समेत भूमिका छ ।
‘चलचित्र उद्याेगमा मेराे चाहना पहिले देखिनै हाे, संयाेग अहिले याे अवसर जुर्याे ।’ उहाँले भन्नुभयाे- ‘यसलाई निरन्तर अगाडि बढाउने मेराे चाहना छ ।’ स्वास्थ्य सेवा पनि एक प्रकारकाे समाज सेवानै रहेकाे र चलचित्र उद्याेग पनि समाज सेवा नै भएकाले आफू समाज सेवामै रहेकाे उहाँले बताउनु भयाे ।