लाेक तथा दाेहाेरी गित प्रतिष्ठान रुपन्देहीकाे अध्यक्षमा रितु थापा सर्वसम्मत

1.3K

लाेक तथा दाेहाेरी गित प्रतिष्ठान रुपन्देहीकाे अध्यक्षमा रितु थापा सर्वसम्मत

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएकाे छ । प्रतिष्ठान रुपन्देहीकाे १७ औँ साधारणसभा तथा ९ औँ अधिवेशनले जिल्ला अध्यक्षमा थापा सहित कार्यसमितिकाे पदाधिकारी सदस्यहरु सर्वसम्मत निर्वाचित गरेकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे प्रथम उपाध्यक्षमा रेशम खनाल, द्वितीय उपाध्यक्षमा बिधान कार्की, महिला उपाध्यक्षमा रेनु राना मगर, सचिवमा दीपक दर्लामी मगर, कोषाध्यक्षमा सागर खड्का, सह-सचिवमा कृष्ण अर्याल र सह-कोषाध्यक्षमा विष्णु श्रीपालीलाई चयन भएका छन् ।
२४ सदस्यीय कार्यसमितिकाे महिला सदस्यमा सम्झना रणपाल, लालमाया थापा मगर, कोपिला न्यौपाने, कल्पना कुसुम तथा खुला सदस्यहरूमा समीक्षा गैरे विष्णु सिन्जाली मगर, अमृत पौडेल, हेमबहादुर सिन्जाली मिसन, पुष्कर सारु मगर, भुवन अधिकारी, सीता कार्की, बसन्ता खनाल, र सम्झना खत्रीलाई चयन गरपएकाे छ ।