विश्व स्वास्थ्य दिवस : बुटवल हस्पिटलमा रक्तदान

1.3K

विश्व स्वास्थ्य दिवस : बुटवल हस्पिटलमा रक्तदान

विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा.लि.मा रक्तदान कार्यक्रम गरिएको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटलले विश्व स्वास्थ्य दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरु, अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टीनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।
रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको सन्दर्भ पारेर रक्तदान कार्यक्रम गरिएको बताउनु भयो । उहाँले रगतदान गरेमा अर्को एक जना बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाको बिकास गर्नका लागि पनि हस्पिटलले नियमित रक्तदान कार्यक्रम गर्दै आएको बताउनु भयो ।
एक सय शैया सञ्चालनमा रहेको बुटवल हस्पिटल प्रा.लि.ले रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपेरटेण्डेन डा. कृष्णप्रसाद खनालले बताउनु भयो ।